रोजगारी खोजीरहेकाहरूको लागि उद्योग वाणिज्य महासंङ्घले जब फेयर गर्दै (अडियो)
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा यही जेठ १६ र १७ गते जब फेयर कार्यक्रम २०२३ सञ्चालन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मेरो जब डटकम, ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।
रोजगारीको खोजीमा रहेका युवाहरू र रोजगारदाता कम्पनीहरूलाई एकै थलोमा ल्याएर यी दुई बीच मध्यस्थतता गराउनका लागि भनेर कार्यक्रम सञ्चालन भइरहेको उद्योग वाणिज्य महासङ्घका उप निर्देशक बिदुर चन्द्र लामिछानेले जानकारी दिए ।
“श्रम बजारमा आएर रोजगारीको खोजी गरिरहेका युवा जमातलाई रोजगारीको अवसरसम्म पुर्याउने कोशेढुङ्गा बन्नेछ हुँदैछ,” बिदुरले भने ।
कार्यक्रममा १ सय भन्दा बढी कम्पनीको सहभागिता रहनेछ भने कामको खोजीमा रहेका ५ हजार भन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य राखिएको छ । साथै रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरु आयोजना हुने बिदुरले बताएको छ ।
कार्यक्रम जेठ १६ गते बिहान ११ बजेदेखि सुरुवात हुनेछ । कार्यक्रममा सहभागि हुन चाहनेले आफ्नो व्यक्तिगत बायोडाटा लिएर उद्योग वाणिज्य महासङ्घको कार्यालयमा आउन सक्नेछन् । कामको खोजीमा रहेकाहरूले https://fncci.org बाट रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन जेठ १५ गते साँझसम्म गर्न सकिने छ ।
बिदुर चन्द्र लामिछानेसँग गरिएको अडियो कुराकानी :