कर्मचारी सञ्चयकोषमा स्थायी जागिरको अवसर !
कर्मचारी सञ्चयकोष पुल्चोक ललितपुरले विभिन्न पदमा ४१ जना स्थायी कर्मचारीको आवेदन आव्हान गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा कर्मचारीको माग गरेको हो ।जसमा प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, प्रमुख सहायक रहेका छन् ।
आवेदन जेठ २३ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरी जेठ २९ गतेसम्म दिन सकिनेछ । आवेदन फारम www.epf.org.np को carrers भित्र गइ www.vacancyepf.org.np बाट अनलाइन दिन सकिनेछ ।
आवेदन फारमसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपि तथा समावेशी समूहको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन दस्तुर कनेक्ट आइपिएस्, इसेवा वा खल्तीबाट बुझाउन सकिनेछ । दरखास्त दस्तुर तह ६,७,८ को लागि १ हजार १ सय रूपैयाँ लाग्नेछ भने समावेशी समूहका लागि थप ५ सय रूपैयाँ दस्तुर बुझाउनुपर्नेछ । त्यस्तै तह ५ को लागि ६ सय रूपैयाँ दस्तुर लाग्नेछ भने समावेशी समूहका लागि थप ३ सय रूपैयाँ लाग्नेछ ।
थप जानकारीका लागि ०१-५०१०१३२, ०१-५०१०१७२ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना : LINK