नेपाल राष्ट्र बैंकले माग्यो तथ्याङ्कशास्त्री

जीविको २०७९ चैत १६ गते १३:४३

नेपाल राष्ट्र बैंकले तथ्याङ्कशास्त्री अधिकृत तृतीय पदको लागि आवेदन आव्हान गरेको छ ।  तथ्याङ्कशास्त्रमा स्नातक गरेकाले आवेदन दिन सक्ने बैंकको सूचनामा उल्लेख गरिएको छ ।  

आवेदन चैत्र २९ गतेसम्म दिन सकिने छ । दरखास्त www.nrb.org.np  को Online Portal for Contract Application बाट अनलाइन दिन सकिने छ । आवेदन फारमसँगै नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाण पत्रको प्रतिलिपि scan गरी अपलोड गर्नु पर्ने छ ।  

कर्मचारी छनोट लिखित तथा अन्तर्वार्ताबाट गरिने छ । कर्मचारीको करार अवधि ६ महिनाको हुने बैंकले बताएको छ । आवेदन दस्तुर १ हजार रुपैयाँ लाग्ने छ भने दस्तुर Connect IPS, eSewa वा Khalti मार्फत बुझाउन सकिनेछ । 

थप जानकारीका लागि ०१-४४१९८०४/०५/०६/०७ एक्सटेन्सन नम्बर १३८ वा ०१४४४१०३६ मा सम्पर्क गर्न सकिने छ । 

सूचना : LINK 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *