अवसर: महिला तथा सीमान्तकृत समुदायलाई कानून सम्बन्धी क्षमता अभिवृद्धि तालिम हुँदै

जीविको २०७९ चैत १४ गते १२:०४

नेपाल बार एशोसियसनले महिला तथा सीमान्तकृत वर्गका नवोदित कानुन व्यवसायीलाई व्यवसायिक क्षमता विकासको लागि ३ महिने क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

एसोसिएसनले महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम उत्पीडित बर्ग, अपांगता भएका व्यक्ति यौन तथा लैङ्गिक अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र, आर्थिक रूपले विपन्न खस आर्य समुदायका कानुन व्यवसायीहरूको क्षमता विकास गरि त्यस क्षेत्र तथा वर्गको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको हो । आवेदन चैत्र ३० गतेसम्म दिन सकिनेछ । दरखास्त www.nepalbar.org.np बाट दिन सकिनेछ ।

थप जानकारीका लागि ०१४२००८३१ , ०१४२००८३६ मा सम्पर्क गर्न सकिने छ ।    

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *