रोजगारीको अवसर: सहिद धर्मभक्तमा १९ कर्मचारी र मनमोहनमा २० नर्सको माग

जीविको २०७९ चैत १० गते १३:००

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँले २० जना स्टाफ नर्सको माग गरेको छ ।  

सेन्टरले करार सेवा पूर्तिको लागि स्टाफ नर्स माग गरेको हो । आवेदन चैत्र २४ गतेसम्म बुझाउन सकिनेछ । आवेदन फारमसँगै नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नुपर्ने छ । 

आवेदन फारम www.mcvtc.org.np बाट डाउनलोड गरि भर्न सकिनेछ । आवेदन दस्तुर १ हजार ५ सय रुपैयाँ लाग्नेछ । दस्तुर सेन्टरको हिमालयन बैङ्क लिमिटेडको खाता नम्बर ००२०२५३५८८००२८ मा बुझाउन सकिनेछ । 

हेर्नुहोस् सूचना 

त्यस्तै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विभिन्न पदमा १९ जना कर्मचारीको माग गरेको छ ।

केन्द्रले कन्सलटेन्ट, कार्डियोलोजिस्ट, ट्रान्सप्लान्ट कोर्डिनेटर, स्टाफ नर्स र हेमोयइलिसिस टेक्निसियन पदको लागि कर्मचारी माग गरेको हो । आवेदन चैत्र ३० गतेसम्म दिन सकिनेछ । 

दरखास्त फारम www.hotc.org.np मा बाट डाउनलोड गरि भरेर अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *