उच्च शिक्षाको लागि विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति

जीविको २०७९ चैत ८ गते १२:२३

विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति खुलाएको छ । आयोगले उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि दलित, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिला साथै जनआन्दोलन, सङ्घर्ष तथा क्रान्तिका क्रममा सहिद भएका तथा द्वन्द्वपीडितका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मृत्‍यु भएका व्यक्तिका आश्रित छोराछोरीलाई छात्रवृत्ति दिन लागेको हो ।   

आवेदन चैत्र २८ गतेसम्म दिन सकिने छ । दरखास्त फाराम  www.ugcnepal.edu.np  मा भएको SCHOLARSHIP मा Click गरी अनलाइन भर्न सकिन्छ । छात्रवृत्तिको लागि निवेदन  २०७९/०८० मा स्नातक/स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूले दिन सकिने सूचनामा उल्लेख गरिएको छ । 

दरखास्त फारामसँगै नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, सम्बन्धित निकायबाट सिफारिस गरिएको पत्र र विद्यार्थीको बैंक खाताको चेकबुकको प्रतिलिपि ( बैंकको नाम, खाता नम्बर, बैंकको ठेगाना आदि) पेश गर्नु पर्ने छ । 

थप जानकारीका लागि ०१६६३८५४९, ६६३८५५०, ६६३८५५१ (एक्स्टेन्सन नं. १२२, १२३) सम्पर्क गर्न सकिनेछ भने [email protected]  मा इमेल गरेर पनि बुझ्न सकिन्छ ।   

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *