प्राविधिक विषय पढ्न चीनको छात्रवृत्ति, यस्ता विषय पढ्न पाइने
चीनको हेनान प्रान्त सरकारले सन् २०२३ का लागि प्राविधिक विषयको स्नातक तह अध्ययन गर्न ४ वटा कोटा नेपाली विद्यार्थीका लागि छुट्याएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले एक सूचना जारी गर्दै गण्डकी प्रदेशमा स्थायी बसोबास गरिरहेकाहरुबाट आवेदन बुझाउन आव्हान गरेको हो ।
छात्रवृत्तिका लागि निवेदन दिन सकिने विषयहरू
- Pharmaceutical Engineering
- Tourism Management
- Mechanical Engineering and Automation Technology
- Hotel Management
आवेदन बैशाख ६ गतेसम्म दिन सकिने छ । दरखास्त फाराम www.mosd.gandaki.Gov.np बाट डाउनलोड गरेर भर्न सकिन्छ । आवेदन फारामसँगै शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा आदिवासी, जनजाति, दलित र मधेशी समुदायको हकमा सम्बन्धित निकायबाट प्रदान गरिएको सिफारिस पत्र पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा नै बुझाउनु पर्ने मन्त्रालयले बताएको छ ।
हेर्नुहोस् सूचना