अवसर : निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन
निजामती कर्मचारी (सिभिल) अस्पतालले विभिन्न पदको लागि ३ सय २८ कर्मचारीको माग गरेको छ । अस्पतालले खुला समावेशी प्रतियोगितात्मक तथा सीमित प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्नको लागि आवेदन आव्हान गरेको हो ।
अस्पतालले सिनियर रजिष्टार (विशेषज्ञ) रजिष्टार, बरिष्ठ रेडियोग्राफी टेक्नोलोजिस्ट, बरिष्ठ ल्याब टेक्नोलोजिस्ट, नर्सिङ सुपरभाइजर, मेडिकल फिजिसिस्ट, अडियोलोजिस्ट, स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, ओपिडि असिस्टेन्ट, परामर्शदाता, फिजियो थेरापिस्ट, बायोमेडिकल टेक्निसियन, प्लम्बर तथा सवारी चालक लगायतका पदका लागि कर्मचारीको माग गरेको छ ।
आवेदन चैत्र २० गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरी चैत्र २७ गतेसम्म दिन सकिनेछ । दरखास्त दस्तुर तह ९ र १० को लागि २ हजार, तह ६,७,८ को लागि १ हजार २ सय र तह ५ को लागि ७ सय र तह ४ को लागि ५ सय रुपैयाँ लाग्ने छ । समावेशी समुहको हकमा आवेदन दिनका लागि थप प्रति समूहका लागि तह ६ देखि १० सम्मका लागि ४ सय र तह ५ र ४ का लागि २ सय दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त दस्तुर अस्पतालको अनलाइन प्रणाली (इ-सेवा, फोन पे, कनेक्ट आइपिएस्) बाट बुझाउन सकिनेछ । आवेदन फारमसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तालिम अनुभव व्यवसाय अनुमति, पेसागत आवद्धता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात (समावेशीको हकमा) Pdf फर्म्याटमा www.career.csh.gov.np मा गई अपलोड गर्नुपर्नेछ । कर्मचारीको छनोट लिखित तथा अन्तर्वार्ताबाट गरिने छ ।
त्यस्तै अस्पतालले आन्तरिक कार्यक्षमता मूल्याङ्कनबाट ४२ कर्मचारीको बढुवा गर्नका लागि पनि आवेदन माग गरेको छ ।
थप जानकारीका लागि : ९८५७०६४७२० मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् गोरखापत्रमा प्रकाशीत सूचना : LINK