सुदूरपश्चिम विश्वविद्यालय तथा हेल्भेटास नेपालले खुलाएको  रोजगारीको अवसर

जीविको २०७९ फागुन २९ गते १०:४८

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । विश्वविद्यालयले सहायक प्रशासक (सूचना प्रविधि ), सहायक प्रशासक (सहायक लाइब्रेरियन), ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ), ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङ, असिस्टेन्ट ( प्रशासन र लेखा )  पदमा ६ जना  कर्मचारीको माग गरेको हो । 

त्यस्तै विश्वविद्यालयले  विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा २५ जना उपप्राध्यापक पनि माग गरेको छ । उपप्राध्यापक खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।  

आवेदन चैत्र ३० गतेसम्म दिन सकिने छ, भने दोब्बर दस्तुर तिरी बैशाख ७ गतेसम्म दिन सकिने  छ । आवेदन  www.servicecomission.fwu.edu.np बाट अनलाइन दिन सकिने छ । 

सूचना : LINK 

हेल्भेटास नेपाल बखुन्डोल, ललितपुरले TVET कार्यक्रमको लागि सातै प्रदेशमा कर्मचारीको आव्हान गरेको छ । हेल्भेटासले निजी क्षेत्र संलग्नता विशेषज्ञ (Private Sector Engagement Specialist ), सञ्चालन प्रबन्धक (  Operation Manager ) ,प्रदेश प्रबन्धक ( Province Manager ) प्राविधिक संयोजक- TVET ( Technical Coordinator-TVET), प्राविधिक संयोजक M$E , प्राविधिक अधिकारी-TVET, फिल्ड मनिटर ,र वित्त तथा प्रशासनिक अधिकारी ( Finance and Administrative Officer ), सवारी चालक  र कार्यालय सहायक पदमा गरी ३७ कर्मचारीको माग गरेको हो ।  

आवेदन चैत्र ९ गतेसम्म दिन सकिने छ । आवेदन फारामसँगै नागरिकताको फोटोकपी र व्यक्तिगत विवरण (बायोडाटा)  सामेल गरी हेल्भेटास कार्यालय,  पो.ब. न. ६८८ मा वा [email protected] मा इमेल गरेर बुझाउन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

कर्मचारी छनोट अन्तरवार्ताबाट गरिने छ । महिला, दलित, जनजाति, मधेशी / तराई, अन्य अल्पसंख्यक समुदायलाई विशेष प्राथमिकतामा राखिने हेल्भेटासले बताएको छ । कर्मचारीको कार्य अवधि १५  जुलाई २०२५( २०८२ साल असार ३०)  सम्म हुने  छ । 

सूचना तथा थप जानकारीका लागि  http://apply.helvetas.org.np  मा बुझ्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *