लोकसेवा आयोगले खुलायो खरिदारका लागि आवेदन, माग सङ्ख्या ५०० बढि
लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितीय श्रेणीका पदहरूमा खुला र समावेशी गरि ५ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त दिन प्रत्येक विज्ञापन बापत् ५ सय रुपैयाँ आवेदन शुल्क लाग्ने प्रकाशित सूचनामा उल्लेख छ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।
दरखास्त psconline1.psc.gov.np दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १४ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ। समावेशी समुह महिला, आदिवासी जनजाति , मधेसी, दलित, पिछडिएको क्षेत्रको हकमा स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित भएको प्रमाण पत्र बुझाउनु पर्नेछ ।
मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी, एसईई वा सो सरह उत्तीर्ण गरेकाले दरखास्त आवेदन दिन सक्नेछन् । एसईई परीक्षा दिएकाहरूको खण्डमा आवेदकले न्यूनतम २.० जिपिए ल्याई उत्तीर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना : LINK