निःशुल्क डेटा पत्रकारिता कोर्सको आवेदन दिने अवधी फागुन मसान्तसम्म
सिएमआर नेपाल जर्नालिजम एकेडेमीले डाटा ड्रिभन जर्नलिज्म ट्रेनिङ (तत्थ्याङ्कमा आधारित पत्रकारिता तालिम) २०२३ को लागि आवेदन खुलाएको छ । जर्मनीको इन्टरलकिङ एकडेमिसँगको सहकार्यमा सिएमआरले तालिम सञ्चालन गर्न लागेको हो ।
आवेदन फागुन ३० गतेसम्म दिन सकिनेछ । रेडियो, टेलिभिजन वा अनलाइन पत्रिकामा कम्तिमा ३ वर्ष कार्यअनुभव भएकाहरूले उक्त तालिमका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
पत्रकारहरूका लागि डाटा पत्रकारिता गर्न सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको सिएमआरले जनाएको छ ।
तालिममा ग्राफ, चार्ट, नक्सा डाटा, इन्फोग्राफीक्स, आदिका बारेमा सिकाइने छ । तालिम लिन कुनै शुल्क तिर्नुपर्ने छैन । साथै तालिम अवधिभर खाना, खाजाको व्यवस्था सिएमआरले नै गर्नेछ भने बस्न र आउन जानको यातायात खर्च भने सहभागि आफैँले बेहोर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख छ ।
आवेदन http://bit.ly/JA_data2 मा गई अनलाइन रूपमा दिन सकिनेछ ।
थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने छ । हेर्नुहोस् सूचना : LINK