प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा १५ कर्मचारीको माग

जीविको २०७९ फागुन १८ गते १२:४०

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले विभिन्न १४ पदका लागि १५ कर्मचारीको माग गरेको छ । प्रतिष्ठानले बरिष्ठ अध्ययन निर्देशकदेखि बरिष्ठ सहायकसम्मको पदका लागि मूल्यांकनद्वारा बढुवा, आन्तरिक प्रतियोगिता, खुला प्रतियोगिता र काजद्वारा स्थायी पूर्ति गर्न आवेदन माग गरेको हो ।

खुला प्रतियोगिता तर्फ, आन्तरिक प्रतियोगिता र काजतर्फ चैत्र २ गतेसम्म आवेदन दिन सकिने छ भने बढुवातर्फ फागुन २६ गतेसम्म निवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर चैत्र ९ गतेसम्म निवेदन दिन सकिन्छ । दरखास्त फाराम र पाठ्यक्रम  www.nasc.org.np बाट डाउनलोड गर्न सकिन्छ । निवेदन फारामसँगै नेपाली नागरिकता र शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि, अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषद्वारा अपाङ्गता प्रमाणित गरेको प्रमाणपत्र बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । 

आवेदन दस्तुर १ हजार रुपैयाँ लाग्नेछ । दस्तुर प्रतिष्ठानको नेपाल बैंक लिमिटेड जावलाखेल, ललितपुरस्थित चल्ती खाता नम्बर १२१००१००१७४४६५०००००१ मा जम्मा गर्नु पर्ने हुन्छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने छ भने नियुक्ति गरिएका कर्मचारीको परीक्षणकाल महिलाको हकमा ६ महिना र पुरुषको हकमा १ वर्षको हुनेछ ।

थप जानकारीका लागि ०१-५५२२१६० ०१-५५२२००२ Ext.२६१. २४० मा सम्पर्क गर्न सकिने छ । 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *