निःशुल्क प्राविधिक शिक्षा पढ्ने सुनौलो अवसर, एकैपटक ५ सय ६० जनालाई छात्रवृति

जीविको २०७९ फागुन ८ गते १७:०२

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ,परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सातै प्रदेशबाट प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा ५ सय ६० जनाको लागि निःशुल्क प्राविधक शिक्षा अध्ययनका लागि छात्रवृतिको आवेदन खुलाएको छ । परिषद्ले प्रि-डिप्लोमा तहमा १ सय ६० र डिप्लोमा तथा प्रमाणपत्र तहमा ४ सय विपन्न, दलित, मुस्लिम समुदायका विद्यार्थीलाई  छात्रवृति दिन लागेको हो ।

आवेदन फागुन २८ गतेसम्म दिन सकिनेछ । आवेदन फारम www.ctevtexam.org.np बाट डाउनलोड गरेर भर्न सकिने परिषद्ले बताएको छ । 

प्रि-डिप्लोमा तहमा पढाई हुने विषयहरू

डिप्लोमा तथा प्रमाणपत्र तहमा पढाई हुने विषयहरू

आवेदन फारमसँगै पेस गर्नुपर्ने कागजातहरू :

  • नागरिकताको प्रमाणपत्र वा नेपाली नागरिक हो भनी प्रमाणित हुने नाबालिग वा जन्म दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । 
  • दलितले राष्ट्रिय दलित आयोग/सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ पालिका कार्यालयबाट प्रमाणित गरिएको प्रमाणपत्र वा दलित परिचय पत्रको प्रमाणित प्रतिलिपि ।
  •  विपन्न वर्ग / समूहबाट आवेदन फाराम भर्नेहरूले माथि उल्लेखित हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित / शहीद / जन आन्दोलन घाइते परिवार र उल्लेखित २२ वटा समूहहरूले जिल्ला प्रशासन कार्यालय / पालिकाबाट जारी भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । 
  •  मुस्लिमहरूले राष्ट्रिय मुस्लिम आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/पालिकाले मुस्लिम हो भनी प्रमाणित गरिदिएको पत्रको प्रतिलिपि ।
  • एस. इ. ई, प्राविधिक एस. एल. सी / प्रि-डिप्लोमा उत्तीर्ण गरेको मार्कसिट, चारित्रिक प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि ।
  • माइग्रेसन र समकक्षता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नेपाल सरकारको एस.इ.ई. बोर्ड बाहेकका अन्य बोर्डबाट उत्तीर्णहरूका हकमा आवश्यक पर्ने) ।
  •  पासपोर्ट साइज (35x45mm) को ३ प्रति फोटो ।
  • बसाइँसराइको हकमा सूचना प्रकाशन भएको मितिभन्दा छ ६ महिना अगाडि बसाइँसराई गरिएको स्थानीय निकायको पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । 

आवेदन फारम सम्बन्धित शिक्षालयले Web Based Online Integrated Training Management System (ITMS) मा इन्ट्री गरेपछि मात्र परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षार्थीको भर्ना सिम्बोल नम्बर कायम गरि प्रवेशपत्र जारी गरि विद्यार्थीलाई परीक्षामा सामेल गराइने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  

विद्यार्थी छनोट प्रकृया :

  •  रीतपूर्वक आवेदन फाराम भरेका आवेदकहरूलाई मात्र प्रवेश परीक्षामा समावेश गराइनेछ।
  •  सम्बन्धित शिक्षालय/कार्यालयले सूचनामा तोकिएको अवधिभित्र आवेदन फारामहरूलाई परिषद्, प.नि.का.बाट उपलब्ध गराइएको Web Based Online Integrated Training Management System (ITMS) मा इन्ट्री गर्नुपर्नेछ। अनलाइन इन्ट्री गरेका फाराम परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि परीक्षार्थीको सिम्बोल नम्बर कायम गरी प्रवेश पत्र जारी गरिनेछ र प्रवेश पत्र प्राप्त परीक्षार्थीहरूलाई मात्र प्रवेश परीक्षामा समावेश गरिनेछ ।
  • प्रवेशिका परीक्षा वा एस. ई. ई.मा प्राप्त गरेको प्राप्ताङ्कलाई भर्ना सम्बन्धी निर्देशिका २०७९ अनुसार ३० प्रतिशत अङ्क प्रदान गरिनेछ। प्रवेश परीक्षा बापत ७० प्रतिशत अङ्क प्रदान गरिनेछ । जसका लागि कक्षा १० स्तरको अनिवार्य गणितबाट २०, विज्ञानबाट २० र अङ्ग्रेजीबाट २० वटा गरी जम्मा ६० वटा प्रश्नहरू सोधिनेछ।
  • प्रमाणपत्र बापतको प्राप्ताङ्क र प्रवेश परीक्षाको प्राप्ताङ्कको योगफलका आधारमा योग्यता क्रम तयार गरी मुख्य उम्मेदवार र उत्तीर्ण सूची तयार गरिनेछ ।  यसरी योग्यता क्रम तयार गर्दा प्राप्ताङ्क बराबर भएमा निम्नानुसार कायम गरिनेछ।  
  •  प्रवेशिका परीक्षा वा एस. ई. ई. को प्राप्ताङ्क बराबर भएमा अनिवार्य गणितको उच्चतम् अङ्क / ग्रेड / ग्रेड प्वाइन्ट प्राप्त गर्नेलाई पहिलो प्राथमिकतामा राखिनेछ ।  अनिवार्य गणितको उच्चतम् अङ्क पनि बराबर भएमा क्रमशः अनिवार्य विज्ञान, अनिवार्य अङ्ग्रेजीमा प्राप्त गरेको उच्चतम् अङ्क / ग्रेड / ग्रेड प्वाइन्टका आधारमा योग्यता सूची निर्धारण गरिनेछ ।
  • सामुदायिक विद्यालयमा अध्ययन गरेको, एकल महिला, महिलाको आधारमा योग्यता क्रम सूची तयार गरिनेछ ।

छात्रवृतिमा छनोट भएका विद्यार्थीहरूलाई निर्वाह भत्ता बापत प्रति महिना ३ हजार ५ सय रुपैयाँ, यातायात खर्च प्रतिवर्ष १ हजार ५ सय रुपैयाँ, पोसाक खर्च प्रतिवर्ष २ हजार ५ सय रुपैयाँ तथा प्रशिक्षण अवधिभरका लागि निःशुल्क छात्रावासको व्यवस्था गरिने परिषद्ले बताएको छ ।   

थप जानकारी तथा सूचनाको लागि पढ्नुहोस्, ८ फागुन २०७९, सोमबार गोरखापत्रमा प्रकाशित सूचना (पेज १६):  LINK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *