भूमिहीनलाई निवेदन दिन आव्हान, सरकारले जग्गा उपलब्ध गराउने

जीविको २०७९ फागुन ४ गते ११:५४

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ निवेदन माग गरेको छ । आयोगले सातै प्रदेशका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले जग्गा माग गर्नका लागि सूचना प्रकाशन गरेको छ । 

निवेदन आगामी चैत्र ९ गतेसम्म दिन सकिने छ । निवेदन फाराम आफ्नो स्थानीय तहको वडा कार्यालयबाट भर्न सकिने आयोगले बताएको छ । 

सूचना तथा थप जानकारीका लागि  : LINK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *