निःशुल्क तालिम सिकेर स्वरोजगार बन्ने अवसर !

जीविको २०७९ फागुन ३ गते ११:२३

घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरले विभिन्न १२ किसिमका तालिमको लागि आवेदन खुलाएको छ । घरेलु तथा साना उद्योग अन्तर्गत बाग्मती प्रदेश सरकार सीप विकास तालिम अन्तर्गत सिलाइ कटाई, नौमती बाजा, मखमली जुत्ता चप्पल बनाउने, कम्प्युटर हार्डवेयर जस्ता विभिन्न १२ शीर्षकमा निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । जसमा अपांगता भएका व्यक्तिका लागि तालिम पनि समावेश गरिएको छ ।  

आवेदन फागुन १८ गतेसम्म दिन सकिने छ । आवेदन फारम भर्न तथा निवेदन प्रक्रियाको बारेमा https://docs.google.com/forms/d/1PAllAgugfKPTH-37v0EIfBUqgCansN7kUUSstHhKMGk/edit मा गएर हेर्न सकिने छ । 

गगुल डक्समा सोझै प्रवेश गर्न यहाँ स्क्यान गर्न सक्नुहुन्छ

आवेदन फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, लक्षित समुदायमा परेको भए सोको प्रमाणपत्र, कुनै सीपमूलक तालिम लिएको भए सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । परीक्षार्थीको छनोट अन्तर्वार्ताबाट गरिने छ । तालिममा सहभागीहरूलाई खर्चवापत ५ सय रुपैयाँ प्रतिदिन खाजा खर्चको लागि १ सय रुपैयाँ दिने घरेलु तथा साना उद्योगले बताएको छ । 

तालिममा विशेषगरि आर्थिक रूपले विपन्न सीमान्तकृत र पिछडिएका अल्पसङ्ख्यक समुदाय, बेरोजगार व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू, लघु घरेलु तथा साना उद्यमीहरू र परम्परागत रूपमा रहेको सीपलाई आधुनिक प्रविधिमैत्री बनाइ व्यवसायिक दक्षता अभिवृद्धि गराउन चाहनेहरूलाई प्राथमिकतामा राखिने सूचनामा उल्लेख छ । 

थप जानकारीका लागि ०१४२६१४५०, ०१४२६३८६२ मा सम्पर्क गर्न सकिन्छ ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *