अवसर : नेपाल प्रहरीमा १ सय ३७ कर्मचारी माग
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना छनौट शाखा नक्साल, काठमाण्डौले प्रहरी कार्यालय सहयोगी पदका लागि १ सय ३७ कर्मचारीको आवेदन माग गरेको छ । प्रधान कार्यालयले भान्छे, हजाम, सिलाइ बुनाइ र कुचिकार पदमा खुला तथा समावेशी समुहका लागि आवेदन माग गरेको हो ।
दरखास्त फाराम फागुन ३० गतेसम्म बुझाउन सकिने छ । आवेदन फाराम www.nepalpolice.gov.np बाट वा सबै जिल्ला प्रहरी कार्यालयहरूमा पाइने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त फारामसँगै नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचेको (दुबै कान समेत) प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो (पुरुषको हकमा दाह्री र कपाल काटेको) ५ प्रति, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, अमर/अशक्त प्रहरी परिवारको लागि अमर / अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित , समावेशी समुह महिला, आदिवासी जनजाति , मधेसी, दलित, पिछडिएको क्षेत्रको हकमा स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित भएको प्रमाण पत्र बुझाउनु पर्नेछ ।
पुरुषको हकमा उचाइ घटीमा ५ फिट, छाती ३१\३३, तौल ५० केजी र महिलाको हकमा उचाइ घटीमा ४ फिट १० इन्च, तौल कम्तीमा ४२ केजी भएकाले आवेदन दिनसक्नेछन् । दरखास्त दस्तुर २ सय रुपैयाँ लाग्ने छ । कर्मचारी छनोट प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परीक्षा विस्तृत स्वास्थ्य परिक्षण, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताबाट गरिने प्रधान कार्यालयले बताएको छ ।
सूचना तथा थप जानकारीका लागि : LINK