काठमाडौं महानगरपालिकाले रिसर्च फेलोसिप सञ्चालन गर्दै, यसरी दिनुहोस् आवेदन

जीविको २०७९ माघ २३ गते १३:०६

काठमाडौं महानगरपालिकाले ६ महिनाका लागि १० जना अनुसन्धानकर्मीको आवेदन खुलाएको छ । महानगरले शहरी योजना आयोगको समन्वयमा गर्न लागेको महानगर रिसर्च फेलोसिपको २०७९ अनुसन्धान शोधवृत्ति कार्यक्रम (Metropolitan Research Fellowship Program 2023 ) को तेश्रो संस्करणको लागि अनुसन्धानकर्मीको माग गरेको हो । 

महानगरपालिकाको चौतर्फी विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान (Policy Research) मार्फत महानगरपालिकालाई तथ्यमा आधारित नीति निर्माण (Evidence-Based Policy) गर्न एवम् कार्यमूलक अनुसन्धान (Action-Oriented Research) मार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाले बताएको छ ।

आवेदन फागुन २४ गतेसम्म दिन सकिने छ । 

आवेदन फारामसँगै यी विषयमा अनुसन्धान प्रस्ताव (Research Proposal) पेस गर्नुपर्ने हुन्छ : 

  • इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य 
  • शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार
  • जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन 
  • शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान, स्वास्थ्य, जीवनस्तर, स्थानीय आर्थिक विकास
  • शहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास, शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनधिकृत बसोबास
  • वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन 
  • कानून, शासन, सूचना तथा सञ्चार, नवीन सोच 

सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी २ वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।  सेवा सुविधा र अन्य सर्तहरू महानगरले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । 

थप जानकारीका लागि महानगरपालिकाको वेबसाइट  www.kathmandu.gov.np  मा गएर बुझ्न  सकिन्छ भने [email protected]   इमेल गरेर वा  ०१४१०२३०१ मा सम्पर्क गर्न सकिनेछ

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *