अवसर : नौं विधामा २६० जनालाई निःशुल्क सीपमूलक तालिम
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी) ले २ सय ६० जनाको लागि निःशुल्क छोटो अवधिका सीपमूलक तालिमका लागि आवेदन खुलाएको छ । परिषद्ले सामाजिक विकास मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा तालिम सञ्चालन गर्न लागेको हो ।
आवेदन माघ २४ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै नागरिकताको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
साधारण लेखपढ गर्नसक्ने र १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । वेल्डर, प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन, सट्रिङ एण्ड कारप्रेन्ट्री, सहायक टायल फिक्सर, मेसन लगायतका विषयमा परिषद्ले तालिम दिने बताएको छ । प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट गरिने छ ।
थप जानकारीका लागि : ०१४३५०२१३ वा ४३५०२२८ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना