वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गरिरहेकालाई सरकारले सम्मान गर्दै
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गरिरहेकाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि आवेदन खुलाएको छ । मन्त्रालयले स्वदेशमा उद्यम गरि राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान दिइरहेका उद्यमीलाई उनीहरूको कामलाई हौसला दिने उद्देश्यले पुरस्कार तथा सम्मानको आयोजना गरेको जनाएको छ । कामदार भिसामा विदेश गइ कम्तिमा १ वर्ष काम गरि फर्किएको र स्वदेशमा व्यवसाय सञ्चालन गरेकाहरूले आवेदन दिन सक्नेछन् ।
आवेदन माघ १९ गतेसम्म दिन सकिने छ । आवेदन फारम www.moless.gov.np बाट डाउनलोड गरेर भर्न सकिन्छ । आवेदन फारम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरि मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि भिसा सहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्ष २०७८-७९ को करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि र यसअघि यही सम्मान ग्रहण नगरेको स्वघोषणापत्र समावेश गर्नुपर्ने मन्त्रालयले बताएको छ ।
थप जानकारीका लागि ०१४२००४७६ वा ९८४०६१०६३० मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना