विद्यालय नर्स कार्यक्रमका लागि स्टाफ नर्स माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पोखराले विभिन्न जिल्लाका लागि १८ जना स्टाफ नर्सको माग गरेको छ । मन्त्रालयले कास्की, स्याङ्जा, बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका लागि विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न स्टाफ नर्सको माग गरेको हो ।
नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेकाले पुष १७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फाराम www.mohp.gandaki.gov.np बाट डाउनलोड गरेर भर्न सकिने छ । आवेदन दिँदा अद्यावधिक व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एसएलसी र सो भन्दा माथिका शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू, म्याद कायम रहेको / नवीकरण गरिएको सम्बन्धित काउन्सिलको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव र तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त दस्तुर ५ सय रुपैयाँ लाग्ने छ । दस्तुर बुझाउँदा कार्यालयको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश, राजस्व शीर्षक १४२२४ ( परीक्षा शुल्क ), कार्यालयको कोड ३५५०१३९०१४ राखी कास्की, गोरखा, लमजुङ र नवलपरासी जिल्लाको लागि राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर १०००१००२०००१००००, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, मनाङ र मुस्ताङ जिल्लाको लागि नेपाल बैंक लिमिटेड खाता नम्बर २७३०२०००००१००१०००००१ मा बुझाउने पर्नेछ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने मन्त्रालयले बताएको छ ।
हेर्नुहोस् सूचना