अवसर : शान्ति पुनर्स्थापना गृहले माग्यो विभिन्न पदमा कर्मचारी
शान्ति पुनर्स्थापना गृहले शाखा कार्यालय धनुषा र महोत्तरीको लागि विभिन्न कर्मचारीको माग गरेको छ । गृहले जिल्ला कार्यक्रम संयोजक, सुपरभाइजर र परामर्शदाताको माग गरेको हो ।
आवेदन पुष १३ गतेसम्म दिन सकिनेछ । आवेदन फारामसँगै नेपाली नागरिकता, शैक्षिक योग्यताका प्रतिलिपि र बायोडाटा पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । संयोजक, सुपरभाइजर पदको लागि ब्याचलर पास गरेको र अंग्रेजीमा रिपोर्ट लेख्नसक्ने हुनुपर्नेछ । परामर्शदाताको लागि १२ पास वा सोभन्दा माथि हुनुपर्नेछ भने सबै पदको लागि कम्प्युटर सम्बन्धी ज्ञान हुनुपर्ने गृहले बताएको छ ।
आवेदकको छनोट लिखित र अन्तरवार्ताबाट हुनेछ । महिला एवंम् अनुभवीलाई र दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिइने गृहले जनाएको छ ।
थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिन्छ ।
हेर्नुहोस् सूचना