अवसर: स्वास्थ्य क्षेत्रको कर्मचारीको माग, यसरी दिन सकिन्छ आवेदन
जीविको
२०७९ पुष ४ गते १२:५०
मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रादेशिक अस्पताल गौर रौतहटले विभिन्न स्वास्थ्य कर्मचारीको माग गरेको छ । अस्पतालले पेडियाट्रिसियन, अब्स गाइनोलोजिस्ट, स्टाफ नर्सदेखी टेक्निसियनसम्म आवेदन माग गरेको हो ।
आवेदन पुष १७ गतेसम्म दिन सकिन्छ । दरखास्त फारामसँगै सहायक स्तरको लागि ६ सय र अधिकृत स्तरको लागि १ हजार रुपैयाँ दस्तुर तिरेको रसिद, एसएलसीदेखि न्यूनतम शैक्षिक योग्यता, तालिम, अनुभव, सम्बन्धित काउन्सिलको दर्ता / नवीकरण प्रमाणपत्र, समकक्षता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र अस्पताल प्रशासनमा बुझाउन पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट हुने छ, भने तलब तथा सेवा सुविधा नेपाल सरकारको नियम अनुसार हुने अस्पतालले बताएको छ ।
हेर्नुहोस् सूचना:
जीविको
२०७९ पुष ४ गते १२:५०
प्रतिक्रिया
सम्बन्धित