वायुसेवा निगममा १ सय ३८ कर्मचारीको माग          

जीविको २०७९ पुष १ गते १५:१८

नेपाल वायुसेवा निगमले विभिन्न पदमा गरी १ सय ३८ जना कर्मचारीको माग गरेको  छ । निगमले वरिष्ठ प्राविधिक , वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक (ग्राउन्ड इक्युपमेन्ट/ इलेक्ट्रिकल),सिनियर ग्राउन्ड इक्युपमेन्ट अपरेटर लगायतका पदका लागि कर्मचारीको माग गरेको हो । 

आवेदन पुष २१  गतेसम्म  www.vacancy.nepalairlines.com.np बाट अनलाइन दिन सकिने छ,भने दोब्बर दस्तुर तिरेर पुष २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिदा दरखास्त दस्तुर Connect IPS प्रणाली मार्फत् भुक्तानी गर्न सकिने निगमले बताएको छ ।

आवेदन फारामसँगै समकक्षता निर्धारण गरेको प्रमाण, नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता हुनुपर्ने प्रावधान रहेका प्राविधिक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको प्रमाणपत्र , नेपाल सरकारको सेवा वा सरकारी स्वामित्व भएको संस्था वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा काम गरिरहेको भए सो निकायबाट प्रमाणित गरिएको विभागीय स्वीकृति बुझाउनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सूचना हेर्नका लागि: LINK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *