इक्वल एक्सेसले खुलायो १६ जिल्लाका पत्रकारहरूका लागि फेलोशिप
डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस नेपालले पत्रकार फेलोशिप कार्यक्रमका लागि आवेदन माग गरेको छ । इक्वल एक्सेसले रोल्पा, कपिलवस्तु, बाँके, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, रुकुम- पूर्व, रुकुम पश्चिम, अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी, रसुवा र गोरखा गरी १६ जिल्लाका अनुभवी मिड-करिएर पत्रकारहरूबाट पत्रकारिता फेलोसिपमा क्षमता वृद्धि आधारित सहभागिताका लागि आवेदन खुलाएको हो ।
आवेदन पुष ५ गतेसम्म https://bit.ly/3iLIrqN बाट अनलाइन दिन सकिन्छ । आवेदकले आफ्नो बायोडाटा र २ जना सिफारिस गर्ने सम्बद्ध व्यक्तिहरूको विवरण पनि आवेदन फारामसँगै पठाउनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सीमान्तकृत समूहका पत्रकारहरू र महिला पत्रकारहरूलाई आवेदन दिन आयोजकले प्रोत्साहन गरेको छ ।
थप जानकारीका लागि http://equalaccess.org.np/work-with-us मा हेर्न सकिन्छ ।
हेर्नुहोस् सूचना