अवसर: स्वास्थ्य क्षेत्रको कर्मचारीको माग, यसरी दिन सकिन्छ आवेदन      

जीविको २०७९ मंसिर २५ गते १६:१३

चन्द्र नारायण यादव मेमोरियल मेटर्निटी अस्पताल माडर सिरहाले विभिन्न विशेषज्ञ र दक्ष स्वास्थ्यकर्मी गरी २९ कर्मचारीको आवेदन माग गरेको छ । अस्पतालले डाइरेक्टर, हस्पिटल म्यानेजर, एमबीबीएस , ल्याब टेक्निसियन, स्टाफ नर्स, सिएमए , एएनएम, एचए, ल्याब टेक्निसियन, बिएमएलटी एक्सरे टेक्निसियन ड्राइभर, सेक्युरिटी गार्ड लगायतको पदका लागि आवेदन माग गरेको हो ।   

आवेदन पुष २ गतेसम्म दिन सकिन्छ । आवेदन फारामसँगै शैक्षिक प्रमाण पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र CV पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन फाराम सिधै अस्पताल वा [email protected]  मा इमेल गरेर बुझाउन सकिनेछ ।  

कर्मचारीको लागि खाना, बस्नको ब्यवस्था अस्पताल हाताभित्रै हुनेछ भने तलब सुविधा योग्यता तथा समय अवधि बमोजिम हुने अस्पतालले बताएको छ ।

थप जानकारीका लागि ९८६३९७८१२१,९८४२९१८३३३,९८४२८२४०८४,९८४२८२१४०१ मा सम्पर्क गर्न सकिन्छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *