‘यी ८ काम उद्यमशीलता प्रवर्द्धन गर्न अब बन्ने संसद् र सरकारले गर्नैपर्छ !’

जीविको २०७९ मंसिर २३ गते १५:३६

विगत ७ वर्षदेखि नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले उद्यमशीलताको प्रवर्द्धन नै समृद्ध नेपाल निर्माणको आधार भएकाले अब बन्ने संसद् र सरकारले यसलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।

जीविकोकर्मी बिना सुनार र प्रतिक ढकालसँग कुराकानी गर्दै निरजले निर्वाचनपश्चात बन्दै गरेको संसद् र सरकारले गर्नुपर्ने ८ महत्वपूर्ण काम औंल्याएका छन् ।

नेपालमा उद्यमशीलताको प्रवर्द्धनका लागि निरज खनालका सुझाव यस्ता छन्;

१. हाम्रो नेपालमा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी नै हो । केही कम्पनीले सीमित रोजगारी दिएका छन् तर ठूलो सङ्ख्यामा रोजगारी दिनसक्ने कम्पनी नेपालमा छैनन् त्यसैले उद्यमलाई विस्तार गर्न सघाउने किसिमको नीति अब बन्ने संसद्ले बनाउनु पर्छ ।  

२. वृहत रोजगार सृजना गर्ने कम्पनीलाई बढाउनुपर्ने भएकाले स्टार्अपदेखि विश्वव्यापिकरण हुने खाले कम्पनीलाई सहयोग सरकारले गर्नुपर्छ । एउटा मात्र कम्पनीलाई ठूलो बनाउने हैन कि धेरै कम्पनीहरू जसले रोजगारीका अनेकौँ अवसरहरू बनाउन सकुन् उनीहरूलाई प्रवर्द्धन गर्ने सक्ने किसिमका कम्पनीहरू बढाउन पहल गर्ने किसिमका कामहरू गर्नुपर्ने जरुरत देखिन्छ ।

३. नेपालकै स्रोत साधन प्रयोग गरेर नेपालमै भएका समस्यालाई समाधान गर्न सक्ने किसिमका कम्पनीलाई सहयोग गर्ने काम सरकारले गर्नुपर्छ  । 

४. नेपाली उत्पादनलाई विदेशी बजारसम्म पुर्‍याउन सक्ने किसिमका कम्पनीहरू बढाउनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।

५. जब विदेशको पैसा नेपाल भित्रिन्छ तब देश विकास हुन्छ त्यसको लागि बजारीकरणको जरूरी छ । बजारीकरण गर्नसक्ने जनशक्तिको विकास गर्ने बजारीकरणमा प्रविधि जोड्न सक्नुपर्छ ।

६. युवाहरूको क्षमतालाई कसरी उद्यमशीलताको मार्फत फाइदामुलक क्षेत्रमा लगाउन सक्छौँ भन्ने पनि सरकारले संसद्ले बुझ्नुपर्छ ।

७. प्रविधिमैत्री उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि प्रविधिको क्षेत्रमा सरकारले व्यापक लगानी गर्ने र नीति बनाउने कामहरू गर्नुपर्ने देखिन्छ।

८. छोटो समयका लागि विदेशबाट जनशक्ति ल्याउन सक्ने हो भने उनीहरुबाट हामीले विभिन्न सीप, ज्ञान र उद्यमशिलताका नयाँ सम्भावना सिक्न सक्छौं । प्राविधिक तथा उद्यमीहरूले नयाँ विषयहरू बुझ्नसक्ने भएकाले त्यस्ता कार्यक्रमहरूको सुरुवात गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस्, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालसँग जीविकोले गरेको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *