सामाजिक संस्थाले गर्ने परियोजनालाई काठमाडौं महानगरले १० लाखदेखि १ करोडसम्म सहयोग गर्ने

जीविको २०७९ मंसिर २२ गते ११:५१

काठमाडौं महानगरपालिकाले यहाँ कार्यरत गैर सरकारी संस्थाले गर्ने विभिन्न क्षेत्रगत सामाजिक कार्यहरूलाई व्यवस्थित, संस्थागत र उपलब्धिमूलक बनाउन १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम विनियोजन गरेको छ । एक सूचना जारी गर्दै महानगरले यस महानगरपालिका भित्र दर्ता भइ सञ्चालनमा रहेका गैरसरकारी संघसंस्थाबाट खुला प्रस्ताव आव्हान गरेको हो । महानगरले नमुना छात्रा सांसद कार्यक्रमदेखि दलित लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि रकम छुट्याएको हो ।

आवेदन पुष १ गतेसम्म बुझाउन सकिने छ । आवेदन दिने संस्थाले आफ्नो उद्देश्यसँग मिल्ने गरि दर्ता तथा नवीकरण आर्थिक वर्ष २०७७\७८ को लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, काठमाडौं महानगरपालिका खरिद इकाइमा सूचिदर्ता गरि अर्थमन्त्रालयको खर्च मापदण्ड र काठमाडौं महानगरपालिकाबाट स्वीकृत खर्च शीर्षकको सीमाभित्रको खर्च प्रस्ताव गरि कार्यसमिति वा बोर्डबाट निर्णय गराइ कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिने, सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने महानगरले बताएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *