कोरियन भाषा परीक्षा (EPS-TOPIK ) को आवेदन खुल्यो
कृषि तथा पशुपालनका क्षेत्रमा रोजगारी लक्षित गर्दै कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको आवेदन खुला गरिएको हो । आवेदन www.epsnepal.gov.np बाट फाराम डाउनलोड गरेर भर्न सकिन्छ ।
EPS भाषा परीक्षा पहिलो चरणको माघ १६ देखि २७ गतेसम्म हुनेछ भने दोस्रो चरण फागुन ८ देखि २६ गतेसम्म हुनेछ । १ दिनमा ४ सिटको परीक्षा लिने EPS शाखाले बताएको छ । त्यस्तै सीप परीक्षणको पहिलो चरण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरण चैत्र १ गतेदेखि ३ गतेसम्म हुनेछ । भाषा परीक्षामा उत्तीर्ण भएका र त्यसमा उच्च अङ्क ल्याएकाले मात्र सीप परीक्षणमा सामेल हुन पाउने छन् । सीप परीक्षणमा physical examination (height, weight ) र colour vision deviate को पनि परिक्षण गरिने छ । त्यस्तै अङ्गभङ्ग भएका जस्तै slipped disc र finger amputation ले रोजगार आवेदन फाराम भर्न पाउने छैनन् ।
परीक्षामा सामेल हुँदा परीक्षार्थीले प्रवेश पत्रको रङ्गिन प्रति र सक्कली पासपोर्ट लिएर आउनु पर्नेछ । परीक्षा पढाई (reading ) र सुनाई ( listening ) गरी २ प्रकारले लिइने छ । आवेदन फाराम भर्दा पासपोर्टको फोटो भएको पेजको रङ्गिन स्क्यान फाइल, आवेदकको इमेल, मोबाइल नम्बर, सेतो कपडा लगाएको एमआरपि साइजको पछाडि सेतो पृष्ठभूमि भएको दुबै कान देखिने ३ प्रति फोटो स्क्यान गरी अपलोड गर्नु पर्ने छ ।
आवेदन दिदा २८ अमेरिकी डलर शुल्क लाग्नेछ । आवेदकले आवेदन दिने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आई. एम. ई बैंकको ( कमलादी कर्पोरेट शाखा बाहेक ) जुनसुकै शाखा र आई. एम. ई पे (IME Pay) फोन पे (Fone Pay), ई-सेवा (e-Sewa ), खल्ती (Khalti) तथा Connect IPS मार्फत पनि बुझाउन सकिनेछ ।
परीक्षाको नतिजा वैदेशिक रोजगार विभाग, ई.पी.एस कोरिया शाखाको सूचनापाटी तथा वेबसाइटमा प्रकाशन गरिनेछ । साथै, http://www.eps.go.kr र http://epstopik.hrdkorea.or.kr बाट पनि हेर्न सकिनेछ । परीक्षार्थीहरूले परीक्षामा आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी http://www.eps.go.kr बाट प्राप्त गर्न सक्नेछन् ।
पूरा सूचना हेर्नका लागि NOTICE