चीन सरकारले दिने छात्रवृत्तिका लागि आवेदन माग 

जीविको २०७९ कार्तिक २५ गते १२:५७

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०२३-२४ का लागि चीन सरकारले प्रदान गर्ने इन्जिनियरिङ विषयको स्नातक तह, स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तहको छात्रवृतिको लागि आवेदन माग गरेको छ । मन्त्रालयले साधारण तथा आरक्षित सिटमा स्नातक तहमा १५ जना र स्नातकोत्तर तर्फ १८ जना विद्यार्थीका लागि छात्रवृति आव्हान गरेको हो । आवेदन कार्तिक २५ देखि मङ्सिर १० गतेसम्म दिन सकिने छ ।  

विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृति शाखा सानोठिमी भक्तपुरमा १ हजार रुपैयाँ दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोट नम्बर ३५०००३५०१ तथा रा.ज.ध शीर्षक नम्बर १४२२९ मा दाखिला गरि सोको भौचर समेत दरखास्तमा पेस गर्नुपर्ने छ । दरखास्त दिनका लागि नागरिकताको प्रतिलिपि, त्रि.वि बाट प्राप्त शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने छ ।

दरखास्त दिने विद्यार्थी त्रिभुवन विश्व विद्यालय अन्तर्गत इन्जिनियरिङ विषयको स्नातक तह र स्नातकोत्तर तहका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले र कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले सञ्चालन गरेको स्नातकोत्तर तहको परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने छ साथै स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

सामुदायिक, सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका महिलाहरूले आरक्षणका लागि समेत आवेदन दिन सक्नेछन् ।  

थप जानकारीको लागि ०१६६३५४४२ मा सम्पर्क गर्न सकिनेछ । 

हेर्नुहोस् सूचना : NOTICE

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *