अवसर: युवा परिषद्ले रिसर्च गर्न आर्थिक सहयोग गर्ने (आवेदन दिने तरिका सहित)
राष्ट्रिय युवा परिषद्ले अनुसन्धान (रिसर्च) गर्नका लागि २० जना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई ४० हजार रुपैयाँ प्रतिव्यक्तिका दरले सहयोग अनुदान उपलब्ध गराउने भएको छ । विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर दोश्रो वर्ष- तेस्रो र चौथो सेमेस्टर अध्ययनरत नियमित विद्यार्थीले मात्र आवेदन दिई प्रोपोजल पेश गर्न पाउने परिषद्ले जनाएको छ । आ. व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत सहयोग उपलब्ध गराउन लागिएको हो ।
सहयोगका लागि आवेदन दिन आवेदकले अनिवार्य रुपमा गुगल फर्म भर्नुपर्ने हुन्छ भने मापदण्ड पुगेका आवेदनलाई सर्टलिस्ट गरी सर्टलिस्टमा परेका आवेदकलाई मात्र प्रोपोजल प्रस्तुतीकरण गर्न लगाइने परिषद्ले बताएको छ । परिषद्का अनुसार सर्टलिस्टमा परेका आवेदक विद्यार्थीले अनिवार्य रुपमा ‘प्लेगारिजम’ (लेखन सामाग्री चोरी) नभएको सर्टिफिकेट पनि पेश गर्नुपर्ने हुन्छ ।
शोध अनुसन्धानका विषय क्षेत्रहरूः
कृषि तथा पशु विज्ञान
वनस्पति शास्त्र
जीव शास्त्र
भौतिक शास्त्र
जैविक प्रविधि
गणित शास्त्र
तथ्याङ्क शास्त्र
वातावरण शास्त्र
जल तथा मौसम विज्ञान शास्त्र
सूचना तथा प्रविधि
इन्जिनियरिङ (सिभिल मेकानिकल इलेक्ट्रोनिक्स इलेक्ट्रिकल कम्प्युटर आदी)
भूगर्भ शास्त्र
वन विज्ञान
खाद्य प्रविधि
सूक्ष्म जीव विज्ञान
चिकित्सा विज्ञान
अन्तरिक्ष विज्ञान
विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित अन्य विषयहरू
याद राख्नुहोस्, अनुसन्धान सहयोगका लागि प्रस्ताव पेश गर्दा यी कुराहरू अनिवार्य समेटिएको हुनुपर्ने छ :
१. अनुसन्धानको बाहिरी पेज ( Cover Page of proposal)
२. अनुसन्धानको शीर्षक ( Research Title)
३. अनुसन्धानको पृष्ठभूमि (Background of the Research)
४. समस्याको कथन (Statements of the Problem)
५. अनुसन्धानको औचित्य ( Significance of the study)
६. अनुसन्धानको उद्देश्य (Objectives of the Research)
७. अनुसन्धानको सीमा तथा परिसीमा ( Limitation and Delimitation of the research)
८. अनुसन्धानको सैद्धान्तिक ढाँचा ( Theoretical structure of the Research)
९. अनुसन्धानका लागि साहित्यको पुनरावलोकन (Review of related literature)
१०. अनुसन्धानको विधि ढाँचा (Research Method Design)
११. अनुसन्धानको अपेक्षित उपलब्धि ( Expected outcomes of research)
१२. अनुसन्धानको सामाजिक तथा राष्ट्रिय मूल्य ( social and National values of Research)
१३. अनुसन्धानको कार्ययोजना ( Action Plan Of Research)
१४. अनुसन्धानको प्रस्तावित बजेट/खर्चको विवरण ( Proposed budget/Expenditure of Research)
१५. अनुसन्धानको प्रतिवेदनको ढाँचा( Report format of the Research )
१६. सन्दर्भ सामग्री ( References material)
१७. अनुसूचीहरू ( Appendices)
हेर्नुहोस् सूचना: