जापानले वैदेशिक रोजगार मेला गर्दै, यसरी निःशुल्क सहभागी हुन सकिन्छ
जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगारीका लागि जापान जान चाहने कामदारलाई लक्षित गर्दै वैदेशिक रोजगार मेला २०२२ को आयोजना गर्ने भएको छ । विभागले आउँदो मंसिर १० र ११ गते भर्चुअल माध्यमबाट नि:शुल्क रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रममा विषेशगरि नर्सिङ केयर व्यवसाय, भवनको सरसफाइ, निर्माण उद्योग, जहाज निर्माण र समुद्री उद्योग, अटोमोबाइल मर्मत सम्भार उद्योग, औद्योगिक मेसिनरी, विद्युत, इलेक्ट्रोनिक, सूचना सम्बन्धी उद्योग, उड्डयन उद्योग, आवास उद्योग, कृषि, माछा व्यवसाय, खाद्य पदार्थ उद्योग र रेष्टुरेन्ट लगायतका क्षेत्रका बारेमा छलफल गरिने छ ।
मेलामा विशेष सीप प्रणाली र रोजगारदाता कम्पनीका बारेमा छलफल गरिने भएकोले मेलालाई फलदायी बनाउने आयोजकको उद्देश्य रहेको छ ।
कार्यक्रममा जापानी समय अनुसार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म अनलाइन जुम वेबिनारमार्फत् सञ्चालन हुने छ । सहभागि हुनको लागि https://info-tokuteiginou.com मा गाई इन्ट्री गर्न सकिन्छ । कामदारले आफ्नो विवरण दिएपछि आयोजकले इमेलमार्फत मेलामा सहभागी हुने सक्ने लिंक र अन्य विवरण पठाउने छ । मेलामा जापानमा रोजगारी गर्न चाहनेले रोजगार मेलामा आएका जापानीज कम्पनीहरूसँग प्रत्यक्षरूपमा कम्पनीले काम गर्ने क्षेत्र साथै कम्पनीका बारेमा बुझ्न सक्नेछन्।