अवसर :सैनिक आवासीय महाविद्यालयले माग्यो बिभिन्न विषयका शिक्षक
सैनिक आवासीय महाविद्यालय धरान सुनसरीले विभिन्न विषयका शिक्षकको आवेदन माग गरेको छ । जसमा पिजिटि नेपाली, जिटि सामाजिक, आंशिक प्रशिक्षक, मनोवैज्ञानिक परामर्शदाता, आंशिक प्रशिक्षक संगीत र आंशिक प्रशिक्षक चित्रकला विषयका शिक्षकको माग गरेको हो ।
महाविद्यालयका अनुसार पिजिटिका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तहमा कम्तिमा ५०% अंक ल्याई उत्तीर्ण भएका, जिटिका लागि सम्बन्धित विषयमा स्नातक तहमा कम्तीमा ५०% अङ्क ल्याई उत्तीर्ण भएको, मनोवैज्ञानिक परामर्शदाताका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तहमा कम्तीमा ५०% अङ्क ल्याई उत्तीर्ण भएको साथै कम्तीमा १ वर्षको कार्यअनुभव भएको संगीत विषयका लागि प्लस टु वा सो सरह उत्तीर्ण भएको र सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएका र चित्रकला विषयका लागि प्लस टु वा सो सरह उत्तीर्ण भएको र कम्तीमा ३ वर्ष कार्यअनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
आवेदन फारम महाविद्यालय कार्यालय धरानमा उपलब्ध हुनेछ भने आवेदन यही असोज ३१ भित्र बुझाउनुपर्ने छ ।
पिजिटि र मनोवैज्ञानिक परामर्शदाता पदका लागि आवेदन दिन चाहनेले दरखास्त फारमसँगै १ हजार २ सय रुपैयाँ दस्तुर लाग्ने छ भने जिटि पदका लागि १ हजार रुपैयाँ र संगीत तथा चित्रकलाका लागि ४ सय रुपैयाँ दरखास्त दस्तुर लाग्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि महाविद्यालयको वेबसाइट www.samdharan.edu.np वा फेसबुक पेज www.facebook.com/samdsunsari वा ०२५५३११५५ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना