अवसर : औषधी व्यवस्था विभागले माग्यो करार कर्मचारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधी व्यवस्था विभागले १५ जना करार कर्मचारीको माग गरेको छ । विभागले बिजुलीबजार काठमाडौंको लागि १० फार्मेसी सुपरभाइजर र ५ फार्मेसी अधिकृतको माग गरेको हो ।
फार्मेसी अधिकृतको लागि फार्मेसी विषयमा कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेका र फार्मेसी सुपरभाइजरको लागि फार्मेसी विषयमा प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन् ।
www.dda.gov.np बाट फारम डाउनलोड गरि आवेदन भर्न सकिन्छ । आवेदन आउँदो असोज २४ गते भित्र बुझाइसक्नु पर्ने विभागले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । आवेदन फारामसँगै व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अनुभव प्रमाणित प्रतिलिपिमा पछाडि हस्ताक्षर गरी बुझाउने पर्नेछ । दरखास्त दिँदा फार्मेसी अधिकृतको लागि १ हजार र फार्मेसी सुपरभाइजर पदको लागि ७ सय रुपैयाँ लाग्ने विभागले जनाएको छ । दस्तुर तिरेको सक्कल रसिद आवेदन फारामसँगै बुझाउनु पर्ने छ । कर्मचारी छनौट अन्तरवार्ता मार्फत गरिने छ भने कर्मचारीको सेवा अवधि आर्थिक वर्ष २०७९\८० को असार मसान्तसम्म रहने विभागले बताएको छ ।
हेर्नुहोस् सूचना