अवसर: विभिन्न ८ विषयमा निःशुल्क सीपमूलक तालिम, आवेदन यसरी दिनुहोस्

जीविको २०७९ असोज ३ गते १६:५०

नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा निःशुल्क सीपमूलक तालिमको आवेदन खुलाएको छ । महासङ्घले वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरूलाई लक्षित गर्दै र कार्यस्थलमा आधारित विभिन्न विषयमा तालिम दिन लागेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका मोरंग र झापा जिल्लाका महिला, युवा तथा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई लक्षित गरि “Welcome Home: Enabling Economic Reintegration of Returmee Migrant Workers” नामक परियोजना मार्फत माछा प्राविधिक (Fishery Technician), अदुवाः प्याकेजिङ, मार्केटिङ्ग (Ginger: Packaging, Marketing) र अलैची प्याकेजिङ, मार्केटिङ्ग तथा इन्स्ट्रउमेन्ट हयाण्डलिङ्ग (Cardamom: Packaging, Marketing and  Instrument Handling) को १ महिने अवधीको कार्यस्थलमा आधारित तालिम दिने प्रकाशित सूचनामा उल्लेख गरिएकोछ । सीप सिकेर रोजगार/स्वरोजगार बन्न चाहनेले संघको सचिवालयमा नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।

तालिमका लागि प्रशिक्षार्थी छनौट अन्तरवार्ता मार्फत गरिने र रोजगार सूचना केन्द्रमा दर्ता भएका आवेदकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । तालिम अवधीका लागि प्रशिक्षार्थीहरूलाई न्यूनतम पारिश्रमिक समेत भुक्तानी गर्ने व्यवस्था भएकोले प्यान नम्बर तथा बैंक खाता नम्बर अनिवार्य रुपमा हुनुपर्ने, नभएको खण्डमा तालिम सुरु भएको १५ दिन भित्र बनाएर बुझाउनु पर्ने आयोजकले जनाएको छ । नागरिकताको प्रतिलिपि बुझाएर नाम दर्ता गराउन सकिने आयोजकले जनाएको छ । तालिम अनुसार आयोजकले सम्पर्क व्यक्ति तोकिदिएको छ । 

हेर्नुहोस् सूचना:  

त्यस्तै, महासङ्घले ९० जनाको लागि नि:शुल्क कार्यस्थलमा आधारित तालिमको लागि पनि आवेदन माग गरेको छ । यी सीपमूलक तालिमहरू भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन हुनेछन् । जसमा ३० जनाको लागि ३ महिने  शु-मेकिङ्ग , २० जनालाई २ महिने कुक, १० जनालाई २ महिने वेटर, १५ जनाको लागि १ महिने एयरलाइन्स टिकेटिङ र १५ जनाको लागि १ महिने टुर प्रोडक्ट डेभपलपमेन्ट रहेको छ ।  असोज ९ गतेसम्म आवेदन बुझाउन सकिने छ ।    

हेर्नुहोस् सूचना:

सूचनामा उल्लेख गरिएका संस्थाका प्रतिनिधिलाई सम्पर्क गरेर थप जानकारी पनि लिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *