अवसर : विद्युत प्राधिकरणमा सह-निर्देशकदेखि मिटर रिडरसम्मका कर्मचारीको माग

जीविको २०७९ भदौ ३१ गते १६:०२

नेपाल विद्युत प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्मका पदको लागि कर्मचारी माग गरेको छ । जसमा साहयक निर्देशक, प्रवन्धक, उपनिर्देशक, उपप्रबन्धक, चार्टर्ड एकाउन्टेन्ट र सहायक प्रबन्धकको माग गरिएको हो ।

असोज २० गतेसम्म नेपाल विद्युत प्राधिकरणको वेबसाइट   www.nea.org.np मा गइ अनलाई निवेदन दिन सकिन्छ ।दोब्बर दस्तुर तिरेर भने २७ असोजसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।  

आवेदन फारम भर्दा आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो समावेश गर्नुपर्ने छ । अनलाइन आवेदन दिँदा आफ्नो बेग्लै USER आइडी बनाउनु पर्ने छ ।  जसका लागि निम्न बमोजिमका प्रक्रियाहरू पूरा गर्नुपर्ने प्राधिकरणले जनाएको छ । 

१. यसभन्दा अगाडिका विज्ञानमा User बनाई आवेदन गरेका उमेदवारहरूले पुरानो User बाट Log in गर्न नसकिने हुँदा अनिवार्य रुपमा नयाँ User बनाउनु पर्नेछ।

२. प्राधिकरणको वेबसाइट www.nea.org.np भित्र ONLINE APPLICATION menu मा प्रवेश गरेपछि देखिने Open menu मा Click गरे पछि Screen मा देखिने Window को Top Right Corner को New Registration मा Click गर्नुपर्नेछ।

३. उमेदवारले New Registration मा आफ्नो आधिकारीक Email ID राखी सो मा उल्लेख भएका सम्पूर्ण विवरणहरू भर्नु पर्दछ । यसरी विवरणहरू भरिसकेपछि फारामको अन्त्यमा रहेको Register Button मा Click गर्नुपर्नेछ । 

४. यसरी Register Button मा Click गरेपश्‍चात् उमेद्‍वारले राखेको E-mail Address मा प्राप्‍त हुने Verify Your Email Address Button मा Click गरी Type a New Password मा Click गरी Password राख्‍न सकिनेछ ।

५. यसरी प्राप्‍त गरेको Email address/Application ID र Password को प्रयोग गरी Login to your Account बाट उमेदवारले Login गरी दरखास्त फाराम भर्न सक्नेछन्।

६. एक पटक User बनाई सकेपछि सोही User बाट खुलातर्फका आफूले चाहेका जुनसुकै पदहरूमा पनि आवेदन गर्न सकिनेछ।

७. दरखास्त पेश गर्दाको समयदेखि प्रवेशपत्र प्रिण्ट नहुँदासम्म अथवा पछि पनि सोही Email address/Application ID र Password प्रयोग गर्नुपर्ने भएकोले उमेदवारहरुले सो Email address/Application ID र Password लाई अत्यन्तै सुरक्षित साथ स्मरणमा राख्नुपर्नेछ ।

अधिकृत स्तरको तह दशका लागि २ हजार, तह नौं का लागि १ हजार ६ सय,  तह आठ का लागि  १ हजार ४ सय,  तह सातका लागि १ हजार २ सय परीक्षा दस्तुर लाग्नेछ भने एउटै उम्मेदवारले एकै पटकमा एकभन्दा बढी पदमा आवेदन दिन चाहेमा तह आठदेखि दशसम्मका प्रत्येक तहमा थप ५ सय र तह सात रू ४ सय  दस्तुर थप लाग्नेछ । त्यस्तै  सहायक  स्तरको तह पाँचका लागि रू ८ सय, तह चारका लागि ७ सय  र तह तीनका लागि छ सय रुपैयाँ दस्तुर लाग्नेछ । एकभन्दा बढी तहको लागि आवेदन दिन चाहनेले तह पाँचका प्रत्येक समूहका लागि थप तीन सय तह तीन र चारका लागि थप दुईसय दस्तुर लाग्ने प्राधिकरणले जनाएको छ । 

थप जानकारीका लागि ०१४१५३०८४८ र ९८४९४४३८५५ मा सम्पर्क गर्न सकिने छ ।

हेर्नुहोस् गोरखापत्र इ-पेपर (पेज ९)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *