अवसर : १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, यस्तो छ छनोट प्रक्रिया !

जीविको २०७९ भदौ २६ गते ११:०१

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको आवेदन माग गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्शाल अन्तर्गतको मानवस्रोत विकास विभागले सूचना जारी गर्दै म्यादी प्रहरीको भर्ना खुलाएको हो । १८ वर्ष उमेर पूरा भइ ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी भदौ ३० गतेदेखि असोज ४ गतेसम्म निवेदन दिन पाउने छन् ।

साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलमा आवद्द नभएका, फौजदारी अभियोगमा सजाय नपाएको साथै महिलाको हकमा गर्भवती नभएकाहरूले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

आवेदन परेकाहरूको छनोट असोज १ गतेदेखि १४ गतेसम्म गरिने र अन्तिम नतिजा प्रकाशन असोज २५ मा गरिने छ । आवेदनबाट छनोट भएकाहरूलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने प्रहरी प्रधान कार्यलयको तयारी छ ।

म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ।

त्यस्तै, खाद्यान्न बापत ७ हजार २ सय हुने र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम रासन दररेट अनुसारको रकम पाउने जनाइएको छ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई ज्याकेट खरिदका लागि थप १ हजार उपलब्ध हुनेछ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी १ हजारका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सयका दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

हेर्नुहोस् सूचना

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *