उद्यम गर्ने सोच र योजना छ भने लगानी र प्राविधिक सहयोग हामी गर्छौं : डा. मनिष, ग्लोबल इक्विटी फन्ड (भिडियो)
नेपालमा आफैले बचत गरेको रकम, परिवार अनि साथीसँग लिएको पैसाबाट उद्यम व्यवसाय गर्नका लागि लगानी जुटाइन्छ भने त्यसका अलावा धितो राखेर बैंकबाट ऋण लिइन्छ । तर अब भने उद्यम गर्ने सोच र योजना भएका तर स्रोत नभएका स्टार्टअपहरुका लागि लगानीको नयाँ स्रोतका रुपमा विकल्प आएको छ; प्राइभेट इक्विटी फन्ड वा भेन्चर क्यापिटल ।
हालै मात्र धितोपत्र बोर्डले ग्लोबल इक्विटी फन्डलाई उद्यम व्यवसाय गर्नेहरूका लागि पुँजी जुटाउनका लागि अनुमति दिएको छ। ग्लोबल इक्विटी फन्ड पहिलो कम्पनी हो जसले यस्तो लाइसेन्स पाएको छ भने अन्य केही संस्थाले निकट समयमै अनुमति पाउँदै छन् ।
यसै सन्दर्भमा, ग्लोबल इक्विटी फन्डका म्यानेजिङ पार्टनर (डाइरेक्टर) डा. मनिष थापासँग धर्मराज रिमालले जीविको संवाद गरेका छन् । संवादमा डा. मनिषले भनेका छन्, “उद्यम गर्ने सोच र योजना छ भने लगानी र प्राविधिक सहयोग अब हामी गर्छौं । पुँजीकै अभावमा अब सम्भावना भएका व्यवसायिक आइडियाले हार मान्नु पर्दैन ”
प्रस्तुत छ, ग्लोबल इक्विटी फन्डका म्यानेजिङ पार्टनर (डाइरेक्टर) डा. मनिष थापासँगको भिडियो संवाद: