प्राविधिक शिक्षा पढ्न चाहने ४ हजार ७ सय २७ जनालाई निःशुल्क छात्रवृत्ति (आवेदन दिने तरिका)
प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् सिटिईभिटिले शैक्षिक शत्र २०७९-८० मा डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तह गरी एकैपटक ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिका लागि अनलाईन आवेदन माग गरेको छ । जसअन्तर्गत प्रमाणपत्र र डिप्लोमा तहमा २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ विद्यार्थीले निःशुल्क छात्रवृत्ति पाउने छन् ।
डिप्लोमा तथा प्रमाणपत्र तहका लागि विषयहरू र छात्रवृत्तिको संख्या
प्रि-डिप्लोमा तहका लागि विषयहरू र छात्रवृत्तिको संख्या
परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहका नर्सिङ बाहेक सबैले आवेदन दिन सक्ने जनाएको छ । निवेदन यहि साउन २९ गतेभित्र बुझाइसक्नुपर्ने छ ।
आवेदन फारम www.ctevtexam.org.np वा www.ctevt.org.np बाट डाउनलोड गरेर भर्न सकिन्छ ।
प्रवेश परिक्षा शूल्क १ हजार रूपैयाँ तोकिएको छ भने प्रवेश परीक्षाको यही भदौ ३ गते हुँदै छ । आवेदकले फारम भर्दा रोजेको जिल्लामा परीक्षा दिन सक्नेछन् । तर आवेदकले अनलाइन फारम भर्दा आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र प्रदेश स्पष्टसँग उल्लेख गर्नुपर्ने छ ।
आवेदकले आवेदन फारमसँगै पासपोर्ट साइजको रङ्गिन फोटो, तोकेअनुरूप शुल्क, नेपाली नागरिकता वा नावालिक भएमा जन्मदर्ताको प्रतिलिपि सम्बन्धि जिल्लाको शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित विद्यालय तथा परिषद् शिक्षालयले प्रमाणित गरेको पत्रको प्रतिलिपि, समावेशिको हकमा स्थानीय निकायले वर्गिकृत गरि दिएको प्रमाणपत्र पेस गर्नुपर्ने परिषद्ले जनाएको छ ।
हेर्नुहोस्: गोरखापत्रमा प्रकाशित सूचना (पेज नं १० र ११)
यसरी बुझाउनुहोस् आवेदन फारम
(क) निःशुल्क छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले परिषद् प.नि.का.बाट तोकिएको समय सीमाभित्र Online Application Form भरी बुझाउनुपर्नेछ। यसरी Online Application Form भर्दा आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र प्रदेश स्पष्टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको शिक्षालय प्राथमिकीकरण गर्नुपर्नेछ।
ख) आवेदन फाराम भर्नका लागि प.नि.का. ले तोकेको Connect IPS को Direct Online बाट निम्नानुसार प्रवेश परीक्षा शुल्क बुझाई भर्न सकिन्छ ।
Direct Online बाट शुल्क जम्मा गरी फाराम भर्ने तरिका
अ) वेब ब्राउजरमा www.ctevt.org.np वा www.ctevtexam.org.np टाइप गरी Enter गर्ने ।
आ) Classified Online Form मा Click गर्ने ।
इ) आफूले अध्ययन गर्न चाहेको एउटा स्तर Diploma PCL छानी NewUser मा Click गर्ने ।
ई) परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखी Proceed मा Click गर्ने ।
उ) शुल्क जम्मा गर्ने Pay Now मा छानी आफूले शुल्क जम्मा गर्ने कम्पनी छानी Proceed मा Click गर्ने।
ऊ) शुल्क जम्मा गरेको भेरिफिकेसन पश्चात् आफ्नो पासवर्ड Create गर्ने र पासवर्ड Create भइसकेपछि Classified Scholarship Online Application Form Open हुन्छ र Online Application Form मा उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्नेछ ।
आवश्यक कागजात JPG फर्मेटमा Scan गरी Upload गर्ने Size :
क)पासपोर्ट साइज रगीन फोटो (35x45mm) को Size – Minimum 8kb, Maximum 50 kb
ख)परीक्षार्थीको Signature को Size – Minimum 3kb. Maximum 20kb
- आवश्यक पर्ने कागजातको Size – Minimum 80kb, Maximum 300 kb
ग) आवेदन फारामको साथमा हालसालै खिचिएको पासपोर्ट साइज (35x45mm) को रङ्गीन फोटो र तोकिए अनुसारका कागजात अनिवार्य अपलोड गर्नुपर्नेछ ।
निःशुल्क छात्रवृत्तिको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी निर्देशन निर्देशिकाको अनुसूची २ मा दिइएको छ (वेबसाईट हेर्नुहोस्) ।
घ) तोकिए अनुसारका शुल्क, फोटो र कागजात समावेश नभएका आवेदन फारामहरू स्वतः रद्द हुनेछ।
ङ) निःशुल्क छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले Online मा प्रक्रिया पुरा गरी प.नि.का. बाट स्वीकृत भएपछि तुरुन्त प्रवेश पत्र प्रिन्ट गर्न सकिन्छ । प्रिन्ट गरिएको प्रवेश पत्र प्रवेश परीक्षा र शिक्षालयमा भर्ना हुनका लागि चाहिने हुनाले सुरक्षित राख्नुपर्नेछ ।