भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले खुलायो निःशुल्क जुनियर नापी तालिमका लागि आवेदन   

जीविको २०७८ चैत २३ गते १२:५३

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल काभ्रेपलान्चोकले निशुल्क  २४ जना  जुनियर नापी तालिमका लागि आवेदन माग गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक वर्ष अवधिको जुनियर नापी तालिम खुला प्रतिस्पर्धाका आधारमा प्रशिक्षार्थीहरू छनौटका लागि आवेदन खुलाएको हो । 

आवेदन दिने अन्तिम मिति आगामी वैशाख १३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।  मुक्त हलिया, मुक्त कमैया, कमलरी, हरवा, चरवा, बादी समुदाय र सहिद तथा बेपत्ता परिवारका विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने छ ।

 प्रत्येक प्रदेशबाट दुइ जनाको दरले खुला प्रतियोगिता तर्फ १४ जना र समावेशी समूह तर्फ १० जना गरी जम्मा २४ जनाको लागि आवेदन खुला गरेको मन्त्रालयले जनाएको छ । आवेदनका लागि दश जोड दुई उत्तीर्ण वा सो सरह र १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदनका दिनका लागि केन्द्रको वेबसाइट www.lmtc.gov.np  बाट फारम डाउनलोड गरि भर्न सकिने छ । 

आवेदन दस्तुर खुलाको लागि ४०० र समावेशी समूह तर्फ प्रत्येक समूहको लागि थप २०० का दरले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको नाममा राष्ट्रिय वाणिज्य बैंक. धुलिखेल शाखा कार्यालय कोड नम्बर ३३६०४२६०१, बैंक खाता नम्बर १०००२०००१००००, राजस्व शीर्षक नम्बर १४२२४ मा रहेको खातामा जम्मा हुने गरी जुनसुकै स्थानको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ । उम्मेदवारले आवेदन फारमका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, समावेशी समूहका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नुपर्नेछ ।   

हेर्नुहोस् सूचना 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *