विभिन्न स्थानीय तहबाटै नि:शुल्क सीप सिक्ने अवसर, २४ सय जनाले अवसर पाउने

जीविको २०७८ चैत १६ गते १५:३५

देशभरका विभिन्न स्थानीय तहबाट नै तालिम लिन मिल्ने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसीपाटीले निःशुल्क तालिम दिँदै छ । मोबाइल फोन रिपेयरिङ, कम्प्युटर रिपेयरिङ, बिल्डिङ इलेक्ट्रिसियन, टायल-मार्बल फिटर, टेलरिङ्ग, ब्युटिसियन लगायतका विभिन्न १२ शीर्षकमा २४ सय जनालाई तालिम दिने प्रतिष्ठानले जनाएको छ । हालै मात्र एक सूचना जारी गर्दै प्रतिष्ठानले आवेदन खुलाएको हो ।

दरखास्त दिन चाहने आवेदकले प्रतिष्ठानको सूचनामा समावेश गरिएका मोबाइल नम्बरमा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नेछन् ।

हेर्नुहोस् सूचना

प्रतिष्ठानका अनुसार ८ कक्षा उत्तीर्ण भइ उच्च शिक्षा हासिल गर्न नसकेकाहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो । तालिम सञ्चालनका लागि सम्पूर्ण प्रशासनिक तयारी सकिएको र आवेदन सङ्कलनको काम भइरहेको प्रतिष्ठानको भनाई छ । आवेदन लिने प्रक्रिया सकिएपछि प्रतिष्ठानले तोकेका ठाउँहरूमा तालिम सञ्चालन गर्ने छ । देशमा नै सीपयुक्त जनशक्ति उत्पादन गर्दै स्वदेशमा नै रोजगारीका बाटोहरू खुलाउनका लागि भनेर यस किसिमका तालिम कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *