नेपाली सेनाद्वारा १ सय ९४ कर्मचारीको आवेदन माग 

जीविको २०७८ चैत १४ गते १०:०४

नेपाली सेनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  सेनाको भर्ना छनौट निर्देशनालयले लेखा उपसेनानी प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृतलगायत पदमा १ सय ९४ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

सबैभन्दा धेरै उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ । यस्तै, सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनाको माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख १३ गतेसम्म  आवेदन दिन सक्नेछन् । सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट आउटसहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सकिने जनाइएकाे छ । दस्तुर १ हजार रूपैयाँ सूचनामा उल्लेख छ । रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने जनाइएको छ ।

हेर्नुहोस् सूचना:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *