नेपाल स्थित अमेरिकी दूतावासले खुलायो २५ जनाका लागि फेलोसिप
नेपाल स्थित अमेरिकि दूतावासले एक्सचेन्ज फेलोसिप कार्यक्रमका लागि २५ जनाको आवेदन माग गरेको छ । भारत, पाकिस्तान, श्रीलंका र नेपालका युवालाई विधायकी प्रक्रिया र नीति निर्माणमा विचार, रणनीति र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको दूतावासले बताएको छ ।
आवेदन दिनको लागि https://bit.ly/PFPRegistrationLink मा गएर आगामी चैत २७ गते(अप्रिल १०) सम्म अनलाइन फारम भर्न सकिने छ । दूतावासका अनुसार यस कार्यक्रमले नेतृत्व कौशल सुधार गर्न र व्यावसायिक समकक्षहरूसँग दिगो र स्थायी सम्बन्धहरू विकास गर्नेछ।
सहभागीहरूलाई अमेरिकी विधायकी प्रक्रियाको बारेमा उनीहरूको बुझाइ बढाउनको लागि व्यावसायिक फेलोसिपको लागि अमेरिकी संस्था वा सरकारी कार्यालयसँग भेटघाट गराइने छ । तिनीहरूले मुख्य सरोकारवालाहरूसँग भेटघाट, संवाद, र साइट भ्रमणहरू र ४८ देशका अन्य दुईसय भन्दा बढी फेलोहरूसँग, प्रोफेशनल फेलो संलग्न भएर विभिन्न गतिविधि गर्नेछन् । यस कार्यक्रमले सहभागी देशको अन्तरसम्बन्ध मजबुत बनाउँन, संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, श्रीलंका र नेपालमा मध्यस्तरका देशहरूबीच सम्बन्ध स्थापना गर्न, विधायकी प्रक्रिया र सुशासनका सिद्धान्तहरूको बढ्दो ज्ञानलाई प्रोत्साहित गर्न मद्दत पुग्नेछ ।
कार्यक्रम बारे थप जानकारीका लागि https://bit.ly/ProfessionalFellowshipProgram