घोस्ट राइटिङ नेपालले सिर्जनात्मक लेखन प्रशिक्षण सञ्चालन गर्दै
साहित्यमा रुचि भएर सिर्जनात्मक लेखन गर्नेहरूका लागि घोस्ट राइटिङ (लेखन कुञ्ज) नेपालले ३ महिने सशुल्क सिर्जनात्मक लेखन प्रशिक्षणको कक्षा सञ्चालन गर्दैछ । प्रशिक्षार्थीका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसरी सञ्चालन हुने प्रशिक्षणको सहजिकरण नेपालका चर्चित साहित्यकारहरूद्वारा गरिने घोस्ट राइटिङ नेपालले बताएको छ । प्रशिक्षण कक्षा आगामी २५ गतेदेखि सुरु हुने भएकाले सहभागि हुन इच्छुकले फागुन २३ गते भित्र आफ्नो सिट सुरक्षित गर्न घोस्ट राइटिङ नेपालले आव्हान गरेको छ ।
साहित्यको विभिन्न क्षेत्रमा कलम चलाउन चाहनेहरूका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७१ सालदेखि लेखन कुञ्ज नेपालले सिर्जनात्मक लेखन प्रशिक्षणको कक्षा सञ्चालन गर्दै आएको छ । जसमा नेपालका चर्चित पत्रकारदेखि लेखकले प्रशिक्षण दिने गर्दछन्। कक्षामा कथा, कविता, निबन्ध, उपन्यास, रिपोर्ट, फिचर, नाटक कसरी लेख्ने र यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराहरू सिकाइने घोस्ट राइटिङ नेपालका संस्थापक कमल ढकालले जानकारी दिए । उनी भन्छन्, “अक्षरको माध्यमले मनिसले आफूलाई लागेका कुराहरू पोख्न सक्ने भएकोले यो कक्षा निकै उपयोगी हुनेछ ।”
आफू पछाडि बसेर अर्काका नाममा किताब वा सृजना लेखिदिने कामलाई ‘घोस्ट राइटिङ’ भनिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चपदस्थ कर्मचारी, कलाकारदेखि व्यवसायी समेतले आफ्नो आत्मसंस्मरण, जीवनी र साहित्यिक पुस्तक प्रकाशन गर्दा घोस्ट राइटरलाई लिने गर्दछन् । नेपालमा घोस्ट राइटर भएर चर्चित पत्रकारदेखि लेखकले काम गर्ने गरेका छन् । यसरी घोस्ट राइटर भएर काम गर्दा औसत १ लाखदेखि ५ लाखसम्म आम्दानी गर्न सकिने संस्थापक कमल बताउँछन्।
कमलका अनुसार विगत ७ वर्षदेखि घोस्ट राइटिङ नेपालले सिर्जनात्मक लेखन प्रशिक्षणको कक्षा सञ्चालन गर्दै आएकोमा यो १५ औँ ब्याचको कक्षा सञ्चालन हुन लागेको हो । अहिलेसम्म नेपालभरिका ३ सय ५० भन्दाबढीले सहभागिता जनाइसकेका छन् भने ३०० जनाले आफ्नै कथा, कविता, उपन्यासका किताबहरू पनि प्रकाशित गरिसकेका छन् ।
सिर्जनात्मक लेखन प्रशिक्षण कक्षा काठमाडौं स्थित घोस्ट राइटिङ नेपालको कार्यालय थापागाँउ, नयाँ बानेश्वरमा हप्तामा ३ दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ ।
कक्षा सम्बन्धी केही थप जानकारी चाहिएमा ०१-५२४५१११, ५२४४८१०, ९८५१००४७६१, ९८४७९९९७८९ फोन गरेर पनि बुझ्न सकिनेछ ।