अवसर: नेपाल नागरिक उड्डयन प्राधिकरणमा स्थायी रोजगारी

जीविको २०७८ फागुन १३ गते १८:१५

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रशासन, एयर ट्राफिक सर्भिसेस, एभिएशन फायर सर्भिसेस, इन्जिनियरिङ, आर्थिक प्रशासन समूहमा विभिन्न तहगत खुला तथा समावेशी माध्यमबाट ७० भन्दा बढीका लागि स्थायी पदपूर्तिका लागि आवेदन खुलाएको छ । एस.एल.सि./ एस.ई.ई. देखि स्नातकोत्तरसम्म शैक्षिक योग्यता भएकाले न्यूनतम योग्यता पुगेको पदमा अनलाइन मार्फत फारम भर्न सक्नेछन् । प्राधिकरणको वेबसाईट  caanepal.gov.np मा रहेको Online Application Form मा गएर २०७८-१२-०३ गतेसम्म अनलाइन फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । दरखास्त दिने अन्तिम मिति पछि सात दिनसम्म दोब्बर दस्तूर तिरी दरखास्त फाराम भर्न सकिने प्राधिकरणले जनाएको छ ।

परीक्षा दस्तुर वापत तह ९ र ८ को लागि रु.१६००।–, तह ७ र ६ को लागि रु.१२००।– तथा तह ५ र ४ को लागि रु. ६००।– तोकिएको छ । समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनु पर्ने बताइएको छ । दरखास्त दस्तुर Online Recruitment System को कुनै एक Payment Gateway मार्फत भुक्तानी गर्न सकिने व्यवस्था उड्डयन प्राधिकरणले गरेको छ ।
नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र (उमेर खुलेको), आफूले प्राप्त गरेको आधारभूत तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरुका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
विदेशी वोर्डबाट उत्तीर्ण भै शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकक्ष निर्धारण गरेको प्रमाण संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

स्वायत्त संस्थाको रूपमा २०५५ पुस १६ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको थियो । ६ महिना अगाडि मात्र उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै त्यहाँ कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका थिए । कर्मचारीको सेवा सुविधा र तलब आकर्षक हुने भएकाले प्राधिकरणले खुलाउने पदपूर्तिका आवेदनमा उच्च प्रतिस्पर्धा हुने गरेको छ ।

स्थायी पदपूर्ति सम्वन्धी सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *