प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरियो  : ब्राण्डिङसहित थप प्रभावकारी बनाउने

जीविको २०८२ चैत २० गते १२:००

सरकारले विगत केही समयदेखि सञ्चालन गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम (PMEP) को नाम र स्वरूपमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यका साथ यसको नाम ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ (NEPP) कायम गरेको हो।

मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले देशभरका सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई पत्राचार गर्दै कार्यक्रमको नाम परिवर्तन भएको औपचारिक जानकारी दिएको छ। नाम परिवर्तनसँगै मन्त्रालयले कार्यक्रमका लागि प्रयोग हुँदै आएका आधिकारिक वेबसाइट र ईमेल ठेगानाहरू समेत परिमार्जन गरेको छ। अबदेखि कार्यक्रमको मुख्य वेबसाइट nepp.gov.np रहनेछ भने रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) का लागि emis.nepp.gov.np प्रयोगमा ल्याइएको छ।

त्यसैगरी, आधिकारिक सञ्चारका लागि पनि नयाँ ईमेल ठेगानाहरू निर्धारण गरिएका छन्। मन्त्रालयका अनुसार प्रशासनिक कार्यका लागि [email protected] र सर्वसाधारण तथा अन्य सरोकारवालाहरूले जानकारी लिनका लागि [email protected] ईमेल प्रयोग गर्नुपर्नेछ। रोजगारी सिर्जना र प्रवर्द्धनका प्रयासहरूलाई थप प्रभावकारी र नतिजामुखी बनाउन सरकारले यो संरचनागत फेरबदल गरेको हो। यससँगै देशभरका रोजगार सेवा केन्द्रहरूलाई नयाँ डिजिटल प्रणाली अनुसार नै कामकाज अगाडि बढाउन निर्देशन समेत दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *