भारतबाट नेपाली युवालाई किड्नी बेच्न इमेलः तीन करोडको अफर

जीविको २०७९ चैत १२ गते २१:२३

नेपालमा गरिब र अशिक्षित युवालाई ललाइ फकाई, कहिले पैसाको लोभ देखाएर त कहिले झुक्याएर भारतमा लगी मृगौला झिक्ने गरिएको सुन्दै आइएको हो । विशेषगरि तराई मधेशका केही जिल्ला र रामेछाप, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाबाट युवाहरूलाई दलालहरू नै आएर मृगौला बेच्न भारत लग्ने गरिएकोमा हाल सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट समेत मृगौला किन्ने प्रस्ताव सहितको इमेल पठाउने गरिएको पाइएको छ ।

एक जना नेपाली युवाले आफूलाई ओ पोजिटिभ, बि पोजिटिभ, र ए पोजिटिभ रक्त समुह भए मृगौलाको लागि ३ करोडसम्म दिने इमेल आएको बताएका छन् । हेर्नुहोस्, इमेलको स्कृनसट :

मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद पँगेनीले यस्तो इमेलबाट नझुक्किन र सर्तक रहन सचेत गराएका छन् । जीविकोसँग कुरा गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसादले साइबर व्यूरोसँगको समन्वयमा यस्ता कृयाकलापको तत्कालै अनुसन्धान अगाडि बढाउने बताए । केही समय अगाडि पनि सिन्धुपाल्चोकका केही स्थानबाट किड्नी बेच्ने र पैसा कमाउने भन्ने प्रलोभन देखाएर सकृय भएका गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको बताउँदै प्रहरी प्रवक्ता कृष्ण प्रसादले यस विषयको अनुसन्धान पनि गहन रुपमा गर्ने बताए ।

कतिपय यस्ता घटनामा युवालाई अपहरण गरेर गायब पारिने, दुईवटै मृगौला समेत झिकिने समेत हुने गरेको भारतीय प्रहरी अनुसन्धानले देखाएको छ ।

भर्खरै सार्वजनिक राष्ट्रिय जनगणना अनुसार १६ देखी ४० वर्षका युवाको जनसंख्या ४२ प्रतिशत छ भने कुनै पनि आर्थिक गतिविधिमा असंलग्नको जनसंख्या ८९ लाख ७५ हजार ५५८ रहेको छ जुन कूल जनसंख्याको ३०.७७ प्रतिशत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *