बिआइसी टेक्नोलोजीले कृषि उद्यमीलाई डिजिटल प्रणालीमा हिसाब किताब सिकाउने
जीविको
२०७९ मंसिर ७ गते १७:०७
बिआइसी टेक्नोलोजी नेपालले प्रदेश १ का एक सय कृषि उद्यमीहरूलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्नका लागि कृषि उद्यमी सशक्तिकरण अभियान कार्यक्रममा सहभागीताका लागि आवेदन माग गरेको छ ।
प्रदेश १ मा दर्ता भएका मकै, अलैंची, डेरी वा तरकारी उत्पादक, वितरक, सङ्कलनकर्ता, व्यापारी वा खुद्रा बिक्रेताले आवेदन दिन सकिने बिआइसी टेक्नोलोजीले बताएको छ ।
यस संस्थाले कृषि उद्यमीका लागि भनेर ‘टिग’(TIGG) भन्ने एक सफ्टवेयर प्रणाली बनाएको छ । आवेदन दिएका एकसय जनाले व्यवसायको हिसाब किताब सजिलै व्यवस्थापन गर्ने उक्त सफ्टवेर नि:शुल्क पाउने छन् ।
आवेदन दिने प्रक्रिया र कार्यक्रमको बारेमा बिआइसी टेक्नोलेजीकी प्राथना साखंसँग जीविकोले गरेको अडियो कुराकानी :
जीविको
२०७९ मंसिर ७ गते १७:०७
प्रतिक्रिया
सम्बन्धित