मलेसियामा अवैधानिक रहेका नेपालीहरुलाई दूतावसको सूचना
मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीहरूलाई नेपाल फर्काइ दिन्छु भन्ने अनधिकृत व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरेको छ । मलेसियामा अवैधानिक भएर बसेकालाई आफ्नो मुलुक फर्काउनका लागि मलेसिया सरकारले ल्याएको रिक्यालिब्रेसन कार्यक्रम गत जुन ३० ( असार १६ ) मा सकिसकेको हुँदा दुतावासले कोही नेपाली नठगिउन भनी सो आग्रह गरेको हो ।
मलेसियाको अध्यागमन कानुनअनुसार अवैधानिक बसेकालाई जरिवाना वा कैद सजाय भुक्तान गरेर मात्र आफ्नो मुलुक फर्कन मिल्ने व्यवस्था गरेको हुँदा दुतावासले अवैधानिक बस्ने नेपालीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मलेसियामा हुने नेपालीले केही समस्या परेमा ०३२०२०१८९८,०३२०२०१८९९, ०३२०२०१९०१, र हटलाइन ०१६२४७२७७७ मा सम्पर्क गर्न सकिन्छ भने [email protected] मा इमेल गरेर पनि आफ्नो कुरा राख्न सकिने दुतावासले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना