साउदी सरकारको नयाँ नियम : दिउँसो १२ बजेदेखि ३ बजेसम्म श्रमिकलाई काम लगाउन प्रतिबन्ध  फोटो : युवराज बराल

जीविको २०७९ असार १ गते १५:५७

गर्मी बढेसँगै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले जुन १५ देखि १५ सेप्टेम्बरसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला स्थानमा काम गर्न प्रतिबन्ध लगाएको छ । अत्याधिक गर्मीले श्रमिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने हुँदा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।   

मन्त्रालयको अनुसार तोकिएको समयमा यदि कुनै कम्पनीले साउदी सरकारको निर्णय उल्लंघन गर्दै कामदारलाई काम गर्न बाध्य गराएमा सिधै श्रम मन्त्रालयको टोल फ्री नम्बर १९९११ मा फोन गरी उजुरी दिन सकिनेछ ।     

साउदी अरबलाई नेपालीहरूको प्रमुख श्रम गन्तव्यका रुपमा मानिन्छ । करिव ३ लाख नेपाली श्रमिक साउदीमा कार्यरत छन्।  साउदी अरबस्थित नेपाली दूतावासले पनि यदि कुनै नेपाली श्रमिलाई रोजगारदातासँग कुनै समस्या भएमा दुतावासमा वा प्रहरीलाई ९११ मा तुरुन्तै सम्पर्क गर्न सकिने  छ । 

त्यसो त यसअघि कतारको श्रम मन्त्रालयले पनि अत्याधिक गर्मी बढेको भन्दै जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।  

कुवेत र कतारका श्रम कानुनले ३२ डिग्री तापक्रमभन्दा माथिको तापक्रममा श्रमिकलाई काम गराउन प्रतिबन्ध लगाएको छ । खाडीका यी राष्ट्रले चर्को घाममा काम गर्न प्रतिबन्ध लगाएपनि नेपाली भने अहिलेपनि टन्टलापुर घाममा काम गर्न बाध्य छन् ।   

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *