डा. केदार बुढाथोकी : जसले जीवनको ६ दशक तरकारीकै खोजमा बिताए फोटो : बिना सुनार जीविको

प्रतिक ढकाल २०७८ माघ २ गते १८:२५

२०५० अगाडि काठमाडौंमा जेठदेखि मङ्सिरसम्म गोलभेँडा उत्पादननै हुँदैन थियो । त्यतिबेला नेपालका केही तराईका क्षेत्रहरू साथै धादिङ र पाँचखालमा सीमित  उत्पादन हुने गोलभेँडाले माग धान्न हम्मे हम्मे पर्ने गर्थ्यो । 

धादिङ र पाँचखालमा महँगो मूल्य तिरेर आफ्नो भान्सासम्म गोलभेँडा आइपुग्यो भने सुनको डल्ला ल्याएकै अनुभूति हुन्थ्यो,” २५ वर्ष अगाडिको परिस्थिति सम्झन्छन् केदार बुढाथोकी ।

यही परिस्थितिको कारण पनि कृषि बैज्ञानिक बुढाथोकीले बेमौसममा सहजै खेती गर्न मिल्ने किसिमको गोलभेँडाको आवश्यकता देखे । त्यसपछि उनी नयाँ जातको गोलभेडाको अध्ययन अनुसन्धानमा लागे । अन्तत: २०६६ सालमा ५ वर्षको अनुसन्धान पछि, बुढाथोकीले सिर्जना जातको गोलभेडाको बिकास गरि छाडे, जुन गोलभेँडा पहाडी र मधेस क्षेत्रमा वर्षभरि उत्पादन गर्न मिल्छ । 

“१७ वटा भारतीय बीउ सँग पालै पालो नेपाली गोलभेँडा वर्णशंकर (हाइब्रिड) गर्दै जाँदा सिर्जना बनाउन सफल भयौँ,” केदारले भने 

नेपालमा धेरै खपत हुने तरकारीमा गोलभेँडा दोस्रो नम्बरमा पर्छ । वर्ष भरि उत्पादन गर्ने सकिने प्रबिधिको विकाससंगै नेपालमा गोलभेडाको आयातमा पनि कटौती भयो ।नेपालमा भारतबाट ठूलो परिणाममा  गोलभेँडा आयात गर्नुपर्ने समयबाट गोलभेँडा बार्षिक गोलभेँडा निर्यात गर्ने देश बनाउन केदारको पनि देन छ ।  

सिर्जना गोलभेँडासँग रोग सहन सक्ने क्षमता थियो । डढुवा रोगलाई सहन सक्ने भएका कारण किसानलाई पनि यसको खेती गर्न सहज हुने थियो । पातलो बोक्रा खाँदा पनि स्वादिलो ‘सिर्जना’ नेपाली किसानको रोजाइमा पर्न समय नै लागेन  सिर्जनामा यस्तै गुण भएकै कारण नेपाली  गोलभेँडाको बीउ भारतिय बजार सम्म पुग्न थाल्यो  । यसरी भारतसम्म बिक्री हुने सिर्जना प्रति हेक्टर १ सय ५ टनदेखि १ सय १० टनसम्म उत्पादन हुन्छ । 

सिर्जना गोलभेँडाको खेती गरेरै मासिक लाखौँ कमाउने मुलपानीका कृषक शिव चन्द्र मण्डल पनि यो जात विकास भएकाले गोलभेँडा उत्पादनमा एकरुपता आएको बताउँछन् । उनी भन्छन्केदार बुढाथोकीको यो सिर्जना रोग निरोधक र राम्रो उत्पादन दिने किसिमको छ यसले गोलभेँडा किसानको आर्थिक उपार्जनमा पनि राम्रो भूमिका खेलेको छ।

सिर्जना गोलभेँडाको नामाकरण भने हिमाञ्चलबाट एमएससी सक्काएर कामको खोजीमा नेपाल आएकी एक युवतीको नामबाट राखिएको रहेछ । उनी नेपालमा केदारसँगै काम गर्दा सिर्जना गोलभेँडा समयमा  बनाउने समयमा  ठूलो मेहनत र कसरत गरेका कारण गोलभेँडाको नाम नै सिर्जना राखिएको केदार बताउँछन् । 

केदारले सिर्जना गोलभेँडाका मात्र बनाएका  होइनन् उनले नेपालकै लागि भनेर विभिन्न ६ जताका गोलभेँडाको बीउ बनाएका छन्    त्यसबाहेक नेपालमा खुबै मनपराइएको भक्तपुरे काँक्रो , ज्यापु काउली पनि केदारले नै बनाएका हुन् । नेपालको कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउन बरदान सावित भएको टनेल अर्थात् प्लाष्टिकको घर पनि केदारले नै सुरुवात गरेका हुन् ।

आफ्नो बाल्यकाल सम्झदै केदार भन्छन् “मेरो दश कक्षासम्मको पढाई काउलीले गरायो घरमा उत्पादन गरेको काउली डोकोमा कालिमाटीसम्म बेचेपछि आएको पैसाले मेरो पढाई भयो । बाल्यकालमा नै तरकारीसँग प्रेम बस्यो त्यसैले एसएलसीपछि कृषि बिषयनै पढ्ने निर्णय बनाए,” केदार भन्छन् । 

उनको एसएलसीसम्मको अध्ययन राजधानीमा नै भएको थियो । एसएलसी पछि आईएससी र बिएससीको अध्यान भारतबाट गरे त्यसपछि केही समय नार्कमा नोकरी गरेपछि उनलौ अमेरीकाबाट एमएससी अनि पिएचडीको अध्यान भने बेलायतबाट पुरा गरेका थिए । 

कृषि अनुसन्धान परिषद्मा कृषि वैज्ञानिकको रुपमा काम गरेका केदारले सरकारी सेवासँगै आफूले विकास गरेको सिर्जना गोलभेँडालाई टनेलमा खेती सुरुवात गरे । खुल्ला आकासमा एउटा बोटबाट दुईदेखि तीन केजीसम्म मात्र उत्पादन हुने गोलभेँडा टनेल भित्र भने १६ केजीसम्म उत्पादन भयो । ३५ रोपनी जग्गा भाडामा लिएर गोलभेँडा रोपेका केदारले त्यहीँको कमाईले काठमाडौं नख्खुमा ३५ लाखमा जग्गा किने र घर पनि बनाए ।

पछिल्लो समय केदारलाई मात्र नभई देशभरका हजारौँ किसानलाई बरदान सिद्द भएको छ – टनेल खेती । प्लाष्टिकको टनेल अर्थात् ग्रीन हाउस नेपालमा ब्यापक बनेको हो २०५६ पछि मात्र हो । अहिले तराईदेखि हिमालसम्म प्लाष्टिकको टनेलमा खेती हुन्छ । केदारले टनेल खेती भने बेलायतमा पढ्दा देखेका थिए । केदार भन्छन्– ‘मैले देख्दादेख्दै बेलायतले पुराना धेरै प्रविधि विस्थापित गर्यो, खेती गर्ने नयाँनयाँ तरिका निकाल्यो । बेलायतमा टनेल खेती लोकप्रिय भएको देखेपछि मैले पनि नेपालमा यसलाई व्यापक बनाउने उद्देश्यले परीक्षण गरेँ ।”

चिसो बेलायतमा तरकारी खेती गाह्रो काम थियो । बेलायतीहरूले खेतबारीमा प्लाष्टिकको ठूलाठूला घर बनाउँथे, त्यसभित्र खेती गर्थे । यसो गर्दा चिसोले बिरुवा मर्दैनथ्यो, तापक्रम पनि पर्याप्त हुन्थ्यो र बाली फस्टाउँथ्यो

यो तरिका केदारलाई गज्जब लाग्यो । नेपालमा पनि यस्तै तरिकाले खेती गर्न मन लाग्यो  । नेपाल फर्किएपछि टनेलमा खेती गर्ने उपाय खोजे । पछि कृषि अनुसन्धान परिषद् खुमलटारमा प्लास्टिक टनेल बनाए । त्यसबेला टनेल बनाउन लायक प्लास्टिक धेरै पाइँदैनथ्यो । नेपालमा सीमित ठाउँमा कतिपयले खेती गर्न प्रयास गरेका पनि थिए । तर, टनेलको लागत धेरै पर्ने र उत्पादन थोरै हुने हुनाले टनेलले व्यापकता पाएको थिएन । पछि उत्पादन बढी हुने बुझ्दै गएपछि किसानले पनि टनेल मन पराए र टनेलभित्र तरकारी खेती गर्न सुरुवात गरे ।  

ग्रीन हाउसको नमूना गोदावरी बोटानिकल गार्डेनमा थियो तर त्यहाँ फूल खेती मात्र हुन्थ्यो त्यस्तै तरकारी खेती गर्न महंगो पर्ने किसिमको थियो।  पछि केदारले तरकारी उत्पादनलाई सुहाउने खालको टनेल बनाएपछि भने यसले बजार पाएको हो ।

१७ औँ शताब्दीमा नेदरल्याण्डस् र बेलायतमा विकास गरिएको ग्रीन हाउस प्रविधि नेपालमा व्यापक बन्न अढाई सय पर्खनुपर्यो । अहिले काठमाडौं उपत्यकादेखि पहाड हिमाल र तराईमा पनि केही हदसम्म टनेल खेती फैलिएको छ । टनेल खेती यसरी फैलिएको देख्दा केदार मख्ख छन्  ।

केदारको कृषि उद्यम त्यहीँ रोकिएन टनेल आफैँ बनाए टनेलमा रोप्ने गोलभेँडा पनि बनाए । खेती सुरुवात गरेपछि रोप्न चाहिने सामाग्री चाहियो । बाहिरबाट सामान किन्दा महँगो पर्ने भयो । त्यसैले आफ्नै एग्रोभेट पनि सुरुवात गरे ।

एग्रोभेट सुरुवात गरेपछि एग्रोभेटमा चाहिने सामग्री पनि आफैँ बनाउन सकिन्छ भन्ने लाग्यो । बीउ बिजन उत्पादन गर्ने कम्पनी नेपालमा कम भएको कारण यस्तो कम्पनी नेपालमा नै सुरुवात गर्ने योजना अनुरुप उनले नख्खु सिड नाम दिएर बीउ बिजन कम्पनी नै सुरुवात गरे । नयाँ काम सुरुवात गर्दै गएपनि पुरानो कामलाई निरन्तरा दिइरहेको कारण कृषिबाट मनग्य आम्दानी गरेको केदार बताउँछन् । 

साथै उनले कृषि पेशामा लाग्ने नयाँ कृषकहरूलाई पनि कृषिबारे  परामर्श दिने गर्दछन्    उनी भन्छन् “दैनिक बिहान ८ देखी १० बजे सम्म फोनमा अथवा भेटेरै पनि कृषकले जान चाहेको, बुझ्न चाहेको विषयमा कुरा गर्दछु । आफूले जाने सम्म म उनीहरूको समस्या समाधान गर्ने कोसिस गर्दछु । यसको कुनै शुल्क लिने गरेको छैन ।”

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *